बुधबार, भाद्र १०,२०८३ 12:23:59
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 12:23:59
Bizshala
Global IME Bank Limited

भोटेकोशीमा भीषण बाढीः टिमुरे बजारमा ठूलो क्षति, अधिकांश प्रहरी सम्पर्कविहीन

भोटेकोशीमा भीषण बाढीः टिमुरे बजारमा ठूलो क्षति, अधिकांश प्रहरी सम्पर्कविहीन
New Office

काठमाण्डौ । तिब्बततर्फबाट अचानक आएको भीषण बाढीका कारण रसुवाको भोटेकोशी नदीमा आएको बाढीले टिमुरे बजारसहित तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बुधबार बिहान करिब ९ बजे आएको आकस्मिक बाढीले दर्जनौँ घर तथा बस्तीमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।

यसपटकको बाढी गत वर्षको तुलनामा कम्तीमा १० गुणा ठूलो र विनाशकारी रहेको प्रारम्भिक आकलन गरिएको छ। बाढीबाट जनधनको ठूलो क्षति भएको अनुमान गरिए पनि क्षतिको यकिन विवरण भने आउन बाँकी छ।

बाढीका कारण दर्जनौँ बस्ती तथा बजार प्रभावित भएका छन्। तटीय क्षेत्रमा परिचालित नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका केही टोलीसँग समेत सम्पर्क स्थापित हुन सकेको छैन ।

Bizshala
CG Motors

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बिहान करिब सवा ९ बजे भोटेकोशी नदीमा एक्कासि ठूलो बाढी आएको जानकारी प्राप्त भएको बताए। उनका अनुसार तिब्बततर्फबाट ठूलो बाढी आएको प्रारम्भिक सूचना प्राप्त भएको छ।

बाढीले टिमुरे बजारका धेरै घर बगाएको छ। टिमुरेस्थित इलाका प्रहरी कार्यालयमा १५ जना प्रहरी कार्यरत थिए। तीमध्ये हालसम्म आठ जना प्रहरी मात्र सम्पर्कमा आएका छन्। अन्य प्रहरीको अवस्थाबारे जानकारी लिन प्रयास भइरहेको छ ।

बाढीबाट भएको वास्तविक क्षति, मानवीय क्षति तथा बेपत्ता व्यक्तिको विवरण अझै स्पष्ट हुन सकेको छैन। उद्धार तथा खोजी कार्यका लागि सुरक्षा निकाय परिचालनको प्रयास भइरहेको छ।

यसैबीच, भोटेकोशी नदीमा आएको ठूलो बाढीका कारण रसुवासँगै नुवाकोट, धादिङ, गोरखा र चितवन हुँदै बग्ने नदी तथा खोलाका तटीय क्षेत्रमा समेत जोखिम बढेको छ। ती क्षेत्रका बासिन्दालाई नदी किनारमा नजान र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.