बुधबार, भाद्र १०,२०८३ 02:55:52
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 02:55:52
Bizshala
Global IME Bank Limited

विपद् उद्धारमा सरकारको आपत्कालीन तयारी तीव्र, निजी हेलिकप्टरलाई सहजता

विपद् उद्धारमा सरकारको आपत्कालीन तयारी तीव्र, निजी हेलिकप्टरलाई सहजता
New Office

काठमाण्डौ । प्रधानमन्त्रीको अध्यक्षतामा बुधबार बिहान बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले विपद्को अवस्थामा उद्धार, राहत र समन्वयका लागि देशका सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ।

बिहान ११ बजे सम्पन्न बैठकले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारी निकाय तथा उपलब्ध स्रोतसाधनलाई एकीकृत रूपमा परिचालन गर्ने निर्णय गरेको हो।

Bizshala
CG Motors

यसैबीच, अहिले आकस्मिक मन्त्रिपरिषद्को बैठक जारी छ। सरकारले राहत, उद्धार तथा खोजी कार्यमा परिचालन हुने निजी हेलिकप्टरलाई छुट्टै अनुमति आवश्यक नपर्ने निर्णय गरेको छ। आपत्कालीन अवस्थामा हवाई उद्धार तथा राहत कार्यलाई थप सहज र छिटो बनाउन यस्तो व्यवस्था गरिएको हो।

राहत, उद्धार तथा खोजी कार्यमा परिचालन हुने हेलिकप्टरका लागि आवश्यक हवाई इन्धनको आपूर्ति सहज बनाउन नेपाल आयल निगमले काठमाडौंँबाट नुवाकोटको त्रिशूलीमा तत्काल हवाई इन्धनसहितको ट्यांकर पठाएको छ।

सरकारले विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत तथा खोजी कार्यलाई तीव्रता दिँदै आवश्यक सबै संयन्त्र परिचालन गर्ने जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.