शनिबार, आश्विन १७,२०८३ 06:11:06
Bizshala
  • शनिबार, आश्विन १७,२०८३ 06:11:06
Bizshala
Global IME Bank Limited

रसुवा बाढीपछि प्रहरी अस्पताल सक्रिय, ९ सदस्यीय चिकित्सक टोली घटनास्थलतर्फ

एम्बुलेन्स र स्वास्थ्य सामग्रीसहित टोली रसुवा प्रस्थान, प्रहरी अस्पतालको इमर्जेन्सी र ट्रमा वार्ड स्ट्यान्डबाइ

Bizshala
रसुवा बाढीपछि प्रहरी अस्पताल सक्रिय, ९ सदस्यीय चिकित्सक टोली घटनास्थलतर्फ
New Office

 

काठमाण्डौ ।  रसुवामा आएको भीषण बाढीपछि नेपाल प्रहरीले उद्धार, राहत तथा स्वास्थ्य सेवाका लागि चिकित्सकसहित आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गरेको छ।

नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्द बुढाथोकीको कमाण्डमा ९ सदस्यीय चिकित्सक टोली एम्बुलेन्स र आवश्यक स्वास्थ्य सामग्रीसहित रसुवातर्फ प्रस्थान गरेको नेपाल प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा घाइते भएका नागरिकलाई घटनास्थलमै प्रारम्भिक उपचार उपलब्ध गराउने तथा आवश्यक परे थप उपचारका लागि अस्पतालसम्म पठाउने उद्देश्यले चिकित्सक टोली परिचालन गरिएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्रहरी अस्पताल पनि ‘स्ट्यान्डबाइ’

घाइतेको संख्या बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपाल प्रहरी अस्पताललाई समेत तयारी अवस्थामा राखिएको छ।

प्रहरीका अनुसार अस्पतालको इमर्जेन्सी तथा ट्रमा वार्डमा आवश्यक दक्ष जनशक्तिसहित चिकित्सक टोली स्ट्यान्डबाइ राखिएको छ। बाढी प्रभावित क्षेत्रबाट उपचारका लागि ल्याइने घाइतेलाई तत्काल सेवा दिन आवश्यक व्यवस्था मिलाइएको हो।

यसैबीच प्रभावित नागरिकको उद्धार तथा सुरक्षित स्थानमा स्थानान्तरणका लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुशीबाट आवश्यक उद्धार सामग्रीसहित प्रहरी टोलीसमेत परिचालन गरिएको छ।

नेपाल प्रहरीले नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानीय प्रशासन तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरेर बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहत कार्य गरिरहेको जनाएको छ।

प्रहरीका अनुसार अहिलेको प्राथमिकता जोखिममा परेका नागरिकको ज्यान जोगाउने, घाइतेलाई शीघ्र उपचार उपलब्ध गराउने र प्रभावितलाई सुरक्षित स्थानमा सार्ने रहेको छ।

भोटेकोशीमा आएको आकस्मिक बाढीपछि रसुवा तथा तल्लो तटीय क्षेत्रमा ठूलो जनधन र पूर्वाधार क्षति भएको विवरण आइरहेका बेला विभिन्न अस्पताल तथा सुरक्षा निकायले आकस्मिक स्वास्थ्य तथा उद्धार संयन्त्रलाई सक्रिय बनाएका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.