भोटेकोशी बाढी प्रभावित २८ प्रहरी परिवारका सन्ततिलाई निःशुल्क शिक्षा, सीपमूलक तालिम र रोजगारीको व्यवस्था
काठमाण्डौ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नेपाल प्रहरीका २८ कर्मचारीका परिवारलाई विशेष राहत उपलब्ध गराइने भएको छ।नेपाल प्रहरीको नीति निर्माण समितिको उच्चस्तरीय बैठकले बाढीबाट प्रत्यक्ष प्रभावित प्रहरी कर्मचारीका सन्ततिलाई प्राथमिक तहदेखि स्नातकोत्तर तहसम्म निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको हो।भदौ १० गते आएको विनाशकारी बाढीका बेला...

