Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 03:27:59
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३५ पुग्यो, चितवनमा मात्रै २५९ शव फेला

२५ प्रहरी अझै सम्पर्कविहीन, प्रभावित क्षेत्रमा ७ हजार २९३ प्रहरी परिचालन

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३५ पुग्यो, चितवनमा मात्रै २५९ शव फेला
New Office

 

काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लाबाट हालसम्म ७३५ जनाको शव फेला परेको छ।

नेपाल प्रहरीले आइतबार बिहान ११ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाबाट गरी ७३५ जनाको शव फेला परेको जनाएको हो।

प्रहरीको विवरणअनुसार सबैभन्दा धेरै चितवनमा २५९ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ जनाको शव फेला परेको छ।

भोटेकोशीको बाढीले ठूलो संख्यामा मानिसलाई बगाएपछि नदीको बहावसँगै शवहरू तल्लो तटीय जिल्लासम्म पुगेको देखिएको छ। खोज तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अवस्था रहेको छ।

Bizshala
CG Motors

२५ प्रहरी अझै सम्पर्कविहीन

बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षामा खटिएका २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ।

उनीहरूको खोजीलाई तीव्र बनाइएको छ।

बाढी प्रभावित क्षेत्रमा हाल ७ हजार २९३ जना प्रहरी जनशक्ति प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी बल र नेपाली सेनाका टोलीसमेत विभिन्न जोखिमपूर्ण स्थानमा खोज, उद्धार तथा राहत कार्यमा खटिएका छन्।

विनाशकारी बाढीपछि बेपत्ताको खोजी, शव संकलन तथा पहिचान, प्रभावितको उद्धार र क्षतिको विवरण संकलन गर्ने काम निरन्तर भइरहेको सुरक्षा निकायले जनाएका छन्।

भोटेकोशी बाढीले रसुवा र नुवाकोटसहित तल्लो तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। खोजी कार्य अझै जारी रहेकाले घटनाको पूर्ण मानवीय क्षतिको विवरण आउन बाँकी छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.