बुधबार, भाद्र ३१,२०८३ 03:28:33
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 03:28:33
रसुवा बाढीपछि विद्युत् पुनःस्थापना तीव्र, विदुरका थप क्षेत्रमा बल्यो बिजुली
NEWS

रसुवा बाढीपछि विद्युत् पुनःस्थापना तीव्र, विदुरका थप क्षेत्रमा बल्यो बिजुली

 काठमाण्डौ । रसुवा बाढीले क्षतिग्रस्त बनाएको विद्युत् पूर्वाधार पुनःस्थापना गर्ने अभियानलाई सरकारले तीव्र बनाएको छ। बाढीका कारण लामो समयदेखि विद्युत् सेवा अवरुद्ध रहेका नुवाकोटका थप क्षेत्रमा मंगलबारदेखि बिजुली पुनः सञ्चालनमा आएको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० र ११ मा विद्युत् सेवा पुनःस्थापना गरिएको हो।...

रसुवा बाढी विपत्ति : मृतक १,२५२ पुगे, ११ हजार ९९३ जनाको जीवितै उद्धार
NEWS

रसुवा बाढी विपत्ति : मृतक १,२५२ पुगे, ११ हजार ९९३ जनाको जीवितै उद्धार

 काठमाण्डौ । रसुवालाई केन्द्रबिन्दु बनाएर आएको विनाशकारी बाढी तथा त्यसपछिको प्राकृतिक विपत्तिमा परी मृत्यु हुनेको संख्या १ हजार २५२ पुगेको छ। विभिन्न क्षेत्रबाट अझै हजारौं नागरिक सम्पर्कविहीन रहेकाले मानवीय क्षतिको संख्या थप बढ्न सक्ने देखिएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार अपराह्न १२ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै...

काठमाडौँ ल्याइएका ११४ शवमध्ये १३ को मात्रै सनाखत, पहिचान नखुलेका ४६ शव गोकर्णमा व्यवस्थापन
NEWS

काठमाडौँ ल्याइएका ११४ शवमध्ये १३ को मात्रै सनाखत, पहिचान नखुलेका ४६ शव गोकर्णमा व्यवस्थापन

 काठमाण्डौ । भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट पोस्टमार्टमका लागि काठमाडौँ ल्याइएका ११४ शवमध्ये हालसम्म १३ जनाको मात्रै पहिचान खुलेको छ।रसुवा, नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रबाट संकलन गरिएका शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएको थियो। काठमाडौँ प्रहरीका अनुसार पहिचान खुलेका १३ मध्ये १२ शव परिवारले बुझेर अन्त्येष्टि गरिसकेका छन् भने एक शव...

नुवाकोटमा भेटिएका थप ३ शवको पहिचान, सनाखत हुनेको संख्या ७ पुग्यो
NEWS

नुवाकोटमा भेटिएका थप ३ शवको पहिचान, सनाखत हुनेको संख्या ७ पुग्यो

 काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीले बगाएर नुवाकोट क्षेत्रमा फेला परेका थप तीन जनाको शवको पहिचान खुलेको छ।बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाका अनुसार सोमबार फुलकुमारी ढकाल, गोपे तामाङ र अमृत तामाङको शव सनाखत भएको हो।यसअघि नुवाकोटमा फेला परेका चार जनाको शव पहिचान भइसकेको थियो। थप तीन जनाको सनाखत भएसँगै नुवाकोटमा फेला परेका पहिचान खुलेका शवको संख्या ७...

बाढीले खल्बल्यायो काठमाडौंको आपूर्ति शृङ्खला, अहिले अभावको चिन्ता–दसैँमा महँगीको डर
NEWS

बाढीले खल्बल्यायो काठमाडौंको आपूर्ति शृङ्खला, अहिले अभावको चिन्ता–दसैँमा महँगीको डर

 काठमाण्डौ । भोटेकोशीको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङमा प्रत्यक्ष जनधनको ठूलो क्षति मात्र पुर्‍याएको छैन, काठमाडौं उपत्यकाको आपूर्ति शृङ्खलासमेत गम्भीर रूपमा खल्बल्याएको छ।देशकै ठूलो उपभोग केन्द्र काठमाडौंमा खाद्यान्न, इन्धन, ग्यास, तरकारी, लत्ताकपडा र अन्य उपभोग्य वस्तुको नियमित आपूर्ति मुख्यतः सडकमार्गमा निर्भर छ। तर बाढीपछि पृथ्वी राजमार्ग पटकपटक...

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३५ पुग्यो, चितवनमा मात्रै २५९ शव फेला
NEWS

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७३५ पुग्यो, चितवनमा मात्रै २५९ शव फेला

 काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लाबाट हालसम्म ७३५ जनाको शव फेला परेको छ।नेपाल प्रहरीले आइतबार बिहान ११ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाबाट गरी ७३५ जनाको शव फेला परेको जनाएको हो।प्रहरीको विवरणअनुसार सबैभन्दा धेरै चितवनमा २५९ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा १८४, नवलपरासी पश्चिममा ८२, गोरखामा ५८,...

बाढीले बगाएको बैंकको अर्को भल्ट मलेखुमा फेला, प्रशासनको जिम्मा लगाइयो
NEWS

बाढीले बगाएको बैंकको अर्को भल्ट मलेखुमा फेला, प्रशासनको जिम्मा लगाइयो

  काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीले बगाएर ल्याएको बैंकको अर्को भल्ट धादिङमा फेला परेको छ।धादिङको मलेखु खोलापारिको किनारमा भेटिएको उक्त भल्ट उद्धारकर्ता र प्रहरीको टोलीले सुरक्षित रूपमा बाहिर निकालेको हो। भल्टलाई हाल जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाइएको जनाइएको छ।भदौ १० गते आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बैंक शाखा बगाउँदा नगद, धितोमा राखिएका...

रसुवा बाढीपीडितका लागि श्रीलंकाको १० लाख अमेरिकी डलर सहायता
NEWS

रसुवा बाढीपीडितका लागि श्रीलंकाको १० लाख अमेरिकी डलर सहायता

काठमाडौं । रसुवासहित विभिन्न क्षेत्रमा विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा मानवीय सहायताका लागि श्रीलंकाले १० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले २७ अगस्ट २०२६ मा जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति अनुरा कुमारा दिसानायकेको निर्देशनमा उक्त आर्थिक सहयोग नेपाललाई उपलब्ध गराउन लागिएको हो।नेपालमा...

चीनतर्फ बनेको ठूलो ताल फुट्यो, रसुवामा उच्च सतर्कता अपनाउन आग्रह
NEWS

चीनतर्फ बनेको ठूलो ताल फुट्यो, रसुवामा उच्च सतर्कता अपनाउन आग्रह

 काठमाण्डौ । चीनतर्फ पहिरोले थुनिएर बनेको ठूलो ताल फुटेको सूचना आएपछि रसुवामा नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा बनेको ताल फुटेको जानकारी चिनियाँ पक्षबाट प्राप्त भएको हो।उनले नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन...

भोटेकोशी बाढीका १०२ शव पोखरा ल्याइयो, शवगृह भरिएपछि व्यवस्थापनमा समस्या
NEWS

भोटेकोशी बाढीका १०२ शव पोखरा ल्याइयो, शवगृह भरिएपछि व्यवस्थापनमा समस्या

 काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकामध्ये विभिन्न स्थानबाट फेला परेका १०२ वटा शव पोखरा ल्याइएको छ। ठूलो संख्यामा शव एकैपटक पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा ल्याइएपछि व्यवस्थापनमा समस्या देखिएको छ।तनहुँ, नवलपुर, धादिङ, गोरखालगायत जिल्लाका विभिन्न स्थानमा फेला परेका शव पोखरास्थित प्रतिष्ठानको शवगृहमा राखिएको हो।कास्कीका प्रमुख जिल्ला...

बाढीले बगाएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ  सामाजिक सञ्जालमा फैलिएको भिडिओबाट पहिचान, चितवन प्रहरीले थाल्यो अनुसन्धान
NEWS

बाढीले बगाएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ सामाजिक सञ्जालमा फैलिएको भिडिओबाट पहिचान, चितवन प्रहरीले थाल्यो अनुसन्धान

 काठमाण्डौ । रसुवाको विनाशकारी बाढीले बगाएर ल्याएको शवबाट कानमा लगाइएको सुनको मुन्द्रा निकाल्ने दुई जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओका आधारमा उनीहरूको पहिचान गरी बिहीबार दिउँसो पक्राउ गरिएको हो।चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर...

बाढीबाट जोगिए, उद्धार नपाएपछि आफ्नै खर्चमा हेलिकप्टर चार्टर गरी काठमाडौं
NEWS

बाढीबाट जोगिए, उद्धार नपाएपछि आफ्नै खर्चमा हेलिकप्टर चार्टर गरी काठमाडौं

 काठमाण्डौ ।  रसुवाको टिमुरेमा आएको विनाशकारी बाढीबाट मुस्किलले ज्यान जोगाएका एक घाइतेले समयमा उद्धार हुन नसकेपछि आफ्नै खर्चमा हेलिकप्टर बुक गरेर काठमाडौं आउनुपरेको बताएका छन्।बाढीमा घाइते भएका ५३ वर्षीय तुल्सीबहादुर भण्डारी अहिले वीर अस्पतालको इमर्जेन्सी कक्षमा उपचाररत छन्। उनको कानमा चोट लागेको छ।टिमुरेमा व्यापार गर्दै आएका भण्डारीका अनुसार बुधबार बिहान करिब...

बाढी पीडितका नाममा ‘स्क्याम’ सुरु, व्यक्तिगत खातामा पैसा नहाल्न प्रहरीको चेतावनी
NEWS

बाढी पीडितका नाममा ‘स्क्याम’ सुरु, व्यक्तिगत खातामा पैसा नहाल्न प्रहरीको चेतावनी

 काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने नाममा ठगीको जोखिम बढेको भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ।विपद्को संवेदनशील अवस्थालाई मौका बनाएर केही व्यक्ति तथा समूहले बाढी पीडितका नाममा व्यक्तिगत बैंक खाता तथा ई–वालेटमार्फत रकम संकलन गर्न थालेको पाइएपछि प्रहरीले ‘स्क्याम अलर्ट’ जारी गरेको हो।प्रहरीका अनुसार विपद्को समयमा...

स्याफ्रुबेसी र टिमुरे शाखासहित मैलुङ एक्सटेन्सन काउन्टर अर्को व्यवस्था नभएसम्म बन्द
NEWS

स्याफ्रुबेसी र टिमुरे शाखासहित मैलुङ एक्सटेन्सन काउन्टर अर्को व्यवस्था नभएसम्म बन्द

 काठमाण्डौ ।  रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (NIMB) का दुई शाखा र एउटा एक्सटेन्सन काउन्टर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।बैंकले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार बाढीबाट स्याफ्रुबेसी शाखा, टिमुरे शाखा तथा मैलुङ एक्सटेन्सन काउन्टर पूर्ण रूपमा क्षतिग्रस्त भएका हुन्। ती कार्यालयबाट प्रदान हुँदै आएका सम्पूर्ण बैंकिङ सेवा...

रसुवा बाढीः हेलिकप्टरबाट २० विदेशीसहित १२५ जनाको उद्धार
NEWS

रसुवा बाढीः हेलिकप्टरबाट २० विदेशीसहित १२५ जनाको उद्धार

काठमाण्डौ ।  रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाइएको छ। नेपाली सेनाले बिहीबार बिहानसम्म टिमुरे र मैलुङ क्षेत्रबाट २० विदेशी नागरिकसहित १२५ जनाको उद्धार गरेको छ।सेनाका अनुसार बिहान १०ः३० बजेसम्म हेलिकप्टरमार्फत बाढीका कारण अलपत्र परेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारिएको हो।उद्धार गरिएकामध्ये घाइते तथा स्वास्थ्य समस्या...

रसुवा बाढीमा अमेरिकी साथ, ५ लाख डलर सहयोग घोषणा
NEWS

रसुवा बाढीमा अमेरिकी साथ, ५ लाख डलर सहयोग घोषणा

काठमाण्डौ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि संयुक्त राज्य अमेरिकाले ५ लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।अमेरिकी विदेश मन्त्रालयले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को घडीमा नेपालसँग ऐक्यबद्धता जनाउँदै उक्त सहायता उपलब्ध गराउने जनाएको हो।घोषित ५ लाख अमेरिकी डलर नेपाली रुपैयाँमा करिब ६...

शिक्षण अस्पतालमा ‘डिजास्टर प्रोटोकल’ सक्रिय, दुई घाइते आईसीयूमा
NEWS

शिक्षण अस्पतालमा ‘डिजास्टर प्रोटोकल’ सक्रिय, दुई घाइते आईसीयूमा

 काठमाण्डौ ।  रसुवा हुँदै भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीबाट घाइते भएकाहरू काठमाडौं ल्याउने क्रम बढेसँगै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले ‘डिजास्टर प्रोटोकल’ सक्रिय गरेको छ।अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोस्याराका अनुसार हाल बाढीबाट घाइते १६ जनाको उपचार भइरहेको छ भने दुई जना आईसीयूमा छन्।एकैपटक ठूलो संख्यामा विपद् प्रभावित बिरामी आउन थालेपछि...

रसुवा बाढीमा फसेका ११० जनाको हेलिकप्टरबाट उद्धार
NEWS

रसुवा बाढीमा फसेका ११० जनाको हेलिकप्टरबाट उद्धार

  काठमाण्डौ । रसुवामा आएको भीषण बाढीमा फसेका ११० जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नेपाली सेना र निजी कम्पनीका हेलिकप्टर प्रयोग गरी विभिन्न प्रभावित क्षेत्रबाट उनीहरूलाई सुरक्षित स्थानमा ल्याइएको हो।उद्धार गरिएकामध्ये सबैभन्दा धेरै धुन्चे क्षेत्रबाट ८५ जना रहेका छन्। त्यस्तै टिमुरेबाट १३ जना, मैलुङबाट ५...

रसुवा बाढीका २१ घाइते काठमाडौं ल्याइए, तीन अस्पतालमा उपचार जारी
NEWS

रसुवा बाढीका २१ घाइते काठमाडौं ल्याइए, तीन अस्पतालमा उपचार जारी

 काठमाण्डौ । रसुवा बाढीबाट प्रभावित तथा घाइते भएका २१ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ। उनीहरूको राजधानीका तीन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाका अनुसार उद्धार गरी ल्याइएकामध्ये १७ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, ३ जनाको राष्ट्रिय ट्रमा सेन्टर र १ जनाको नेपाल मेडिसिटी...

सम्पर्कविहीन भनिएका माथिल्लो त्रिशूली–३एका कर्मचारी सुरक्षित, करिब २०० जना उद्धारको पर्खाइमा
NEWS

सम्पर्कविहीन भनिएका माथिल्लो त्रिशूली–३एका कर्मचारी सुरक्षित, करिब २०० जना उद्धारको पर्खाइमा

 काठमाण्डौ । रसुवामा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएको भनिएका माथिल्लो त्रिशूली–३ए जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी तथा अन्य व्यक्ति सुरक्षित रहेको जानकारी प्राप्त भएको छ।नेपाल विद्युत् प्राधिकरणको माथिल्लो त्रिशूली–३ए आयोजनाको सुरुङ पुनर्निर्माण तथा विद्युत्‌गृह क्षेत्रमा काम गरिरहेका कर्मचारीमध्ये केहीसँग सम्पर्क स्थापित भएपछि त्यहाँ ठूलो संख्यामा...

रसुवा बाढीपछि ३८४ पर्यटक सम्पर्कविहीन, २९१ जना विदेशी
NEWS

रसुवा बाढीपछि ३८४ पर्यटक सम्पर्कविहीन, २९१ जना विदेशी

 काठमाण्डौ । रसुवामा आएको भीषण बाढीपछि विभिन्न क्षेत्रमा रहेका ३८४ जना आन्तरिक तथा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्।नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक रहेका छन्।बोर्डले ट्राभल एजेन्सी, गाइड, स्थानीय निकाय तथा सुरक्षा निकायसँग प्राप्त विवरण रुजु गरेपछि पर्यटकको पछिल्लो अवस्था सार्वजनिक गरेको हो।बाढीका कारण सडक,...

टिमुरे बाढीबाट भागेर जोगिएका सञ्जीव र तारा : ‘बजार तहसनहस छ, ज्यान जोगाउन माथि भाग्यौं’
NEWS

टिमुरे बाढीबाट भागेर जोगिएका सञ्जीव र तारा : ‘बजार तहसनहस छ, ज्यान जोगाउन माथि भाग्यौं’

  काठमाडौं। रसुवाको टिमुरेमा बुधबार बिहान आएको भीषण बाढीबाट भागेर ज्यान जोगाउन सफल स्थानीय सञ्जीव श्रेष्ठ र प्रहरी सहायक हवल्दार तारा केसीले त्यहाँको भयावह अवस्थाबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।दुवैले सार्वजनिक गरेका भिडियोमा टिमुरे क्षेत्र बाढी, लेदो र भग्न संरचनाले ढाकिएको देखिन्छ। उनीहरूको विवरणअनुसार बाढी यति अचानक आयो कि धेरै स्थानीयले ज्यान...

रसुवा बाढीका घाइते हेलिकप्टरबाट काठमाडौं ल्याइए, विभिन्न अस्पतालमा उपचार सुरु
NEWS

रसुवा बाढीका घाइते हेलिकप्टरबाट काठमाडौं ल्याइए, विभिन्न अस्पतालमा उपचार सुरु

 काठमाण्डौ । रसुवामा आएको भीषण बाढीमा परी घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउन थालिएको छ।बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेलाई हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो। विमानस्थलबाट उनीहरूलाई एम्बुलेन्समार्फत काठमाडौंका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र...

भोटेकोशीमा ‘अकल्पनीय’ बाढी कसरी आयो ? कारण खोज्न चीन र इसिमोडसँग नेपाल सक्रिय
NEWS

भोटेकोशीमा ‘अकल्पनीय’ बाढी कसरी आयो ? कारण खोज्न चीन र इसिमोडसँग नेपाल सक्रिय

 काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा एक्कासि आएको भीषण बाढीको वास्तविक कारण अझै यकिन हुन सकेको छैन। सामान्य वर्षामात्र भएको अवस्थामा नदीमा अस्वाभाविक रूपमा ठूलो बहाव आएपछि नेपालले यसको कारण खोज्न चीनसँग समन्वय थालेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीको स्रोत चीनतर्फको भूभागसँग समेत सम्बन्धित हुनसक्ने भएकाले चिनियाँ पक्षसँग...

रसुवागढी भन्सारका २५ कर्मचारी सम्पर्कमा, अझै १४ जना बेपत्ता
NEWS

रसुवागढी भन्सारका २५ कर्मचारी सम्पर्कमा, अझै १४ जना बेपत्ता

 काठमाण्डौ ।  रसुवामा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी भन्सार कार्यालयका कर्मचारीमध्ये २५ जना सम्पर्कमा आएका छन्। अझै १४ जना कर्मचारीको अवस्था भने अज्ञात रहेको छ।अर्थ मन्त्रालयका अनुसार रसुवागढी भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानासहित २५ जना कर्मचारी सम्पर्कमा आएका हुन्।रसुवागढी भन्सार कार्यालयमा कुल ३६ जना स्थायी कर्मचारीको दरबन्दी रहेको छ।...

रसुवा बाढीका घाइतेका लागि वीर अस्पताल ‘फुल अलर्ट’, १०० गम्भीर बिरामी सम्हाल्ने तयारी
NEWS

रसुवा बाढीका घाइतेका लागि वीर अस्पताल ‘फुल अलर्ट’, १०० गम्भीर बिरामी सम्हाल्ने तयारी

 काठमाण्डौ । रसुवामा आएको भीषण बाढीबाट ठूलो संख्यामा घाइते हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै वीर अस्पतालले आकस्मिक उपचारदेखि आईसीयू र भेन्टिलेटरसम्मका सेवा ‘फुल अलर्ट’मा राखेको छ।अस्पतालले एकैपटक ठूलो संख्यामा घाइते आइपुग्न सक्ने अवस्थालाई मध्यनजर गर्दै आकस्मिक कक्ष, आईसीयू, भेन्टिलेटर, रक्त बैंक, औषधि तथा अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीको विशेष व्यवस्थापन...

रसुवा बाढी केन्द्रित हुने आजको संसद्, गृहमन्त्री गुरुङले घटनाबारे जानकारी गराउने
NEWS

रसुवा बाढी केन्द्रित हुने आजको संसद्, गृहमन्त्री गुरुङले घटनाबारे जानकारी गराउने

 काठमाण्डौ । रसुवामा आएको भीषण बाढी र त्यसबाट उत्पन्न परिस्थितिबारे गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभालाई जानकारी गराउने भएका छन्।बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकलाई छोटो बनाउँदै मुख्य रूपमा रसुवा बाढीको विषयमा केन्द्रित गर्ने तयारी भइरहेको संघीय संसद् सचिवालयले जनाएको छ।संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीका अनुसार बैठकमा आकस्मिक समय...

रसुवा बाढीमा सम्पर्कविहीन प्रहरी भेटिन थाले, अधिकांश घाइते
NEWS

रसुवा बाढीमा सम्पर्कविहीन प्रहरी भेटिन थाले, अधिकांश घाइते

  काठमाण्डौ । रसुवामा आएको भीषण बाढीपछि सम्पर्कविहीन बनेका नेपाल प्रहरीका कर्मचारीमध्ये केही सम्पर्कमा आउन थालेका छन्। सम्पर्कमा आएका अधिकांश प्रहरी घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ।केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार टिमुरे क्षेत्रमा रहेका प्रहरीमध्ये १० जना सम्पर्कमा आएका छन् भने १३ जना अझै सम्पर्कविहीन छन्।यस्तै, स्याफ्रुबेँसीबाट...

रसुवा बाढीपछि प्रधानमन्त्री बालेनको अध्यक्षतामा विपद् परिषद् बैठक, उद्धार–राहतमा जुट्न निर्देशन
NEWS

रसुवा बाढीपछि प्रधानमन्त्री बालेनको अध्यक्षतामा विपद् परिषद् बैठक, उद्धार–राहतमा जुट्न निर्देशन

 काठमाण्डौ । रसुवामा बुधबार बिहान आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसेको छ।सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा बाढीबाट हालसम्म भएको मानवीय तथा भौतिक क्षति, प्रभावित क्षेत्रको अवस्था र उद्धार तथा राहतका प्रयासबारे सम्बन्धित निकायले...

वर्षाले होइन, हिमताल फुटेर भोटेकोसीमा बाढी आएको आशंका
NEWS

वर्षाले होइन, हिमताल फुटेर भोटेकोसीमा बाढी आएको आशंका

 काठमाण्डौ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढी सामान्य वर्षाका कारण नभएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले उपलब्ध वर्षा तथ्यांक हेर्दा हिमताल फुटेर अचानक ठूलो बाढी आएको हुनसक्ने प्रारम्भिक आशंका रहेको बताएका छन्।अर्यालका अनुसार पछिल्लो २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा मात्रै भएको थियो। उक्त क्षेत्रमा...

रसुवा बाढीको अर्को ठूलो प्रहार: विद्युत गृहदेखि २२० केभी सबस्टेसनसम्म क्षति, आपूर्ति अवरुद्ध
NEWS

रसुवा बाढीको अर्को ठूलो प्रहार: विद्युत गृहदेखि २२० केभी सबस्टेसनसम्म क्षति, आपूर्ति अवरुद्ध

  काठमाण्डौ । रसुवामा बुधबार आएको भीषण बाढीले ऊर्जा पूर्वाधारमा समेत गम्भीर क्षति पुर्‍याएको छ। बाढीका कारण नेपाल विद्युत प्राधिकरणअन्तर्गतका जलविद्युत गृह, प्रसारण तथा वितरण संरचना प्रभावित हुँदा रसुवा र आसपासका केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।नेपाल विद्युत प्राधिकरणका अनुसार बाढीबाट रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्रसँग सम्बन्धित...

टिमुरेमा बाढीको त्रासदी: ‘हामी करिब २०० जना डाँडामा उद्धारको पर्खाइमा छौं’
NEWS

टिमुरेमा बाढीको त्रासदी: ‘हामी करिब २०० जना डाँडामा उद्धारको पर्खाइमा छौं’

 काठमाण्डौ । रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले टिमुरे बजार तहसनहस पारेपछि करिब २०० जना स्थानीय डाँडामा पुगेर उद्धारको पर्खाइमा बसेका छन्।गोसाइँकुण्ड गाउँपालिका–२ का वडा सदस्य पेमा दोर्जे घलेका अनुसार बुधबार बिहान अचानक ठूलो आवाजसहित आएको बाढीले केही क्षणमै टिमुरे बजारमा विनाश मच्चाएको हो।उनका अनुसार बिहान करिब साढे ८ बजे ठूलो आवाज सुनिएलगत्तै बाढी बजारमा पसेको...

रसुवा बाढी नुवाकोट पस्यो: बेत्रावतीदेखि देवीघाटसम्म व्यापक क्षति
NEWS

रसुवा बाढी नुवाकोट पस्यो: बेत्रावतीदेखि देवीघाटसम्म व्यापक क्षति

 काठमाण्डौ । रसुवाको सीमा क्षेत्रबाट सुरु भएको भीषण बाढी नुवाकोटसम्म आइपुग्दा तटीय क्षेत्रका बस्ती र बजारमा व्यापक क्षति पुगेको छ। बाढीले बेत्रावती, त्रिशूली, ढुङ्गे र देवीघाट आसपासका क्षेत्रलाई बढी प्रभावित बनाएको छ।नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार रसुवा सीमादेखि तलतर्फ आएको बाढीको ठूलो बहाव बजार क्षेत्रभित्र प्रवेश गरेपछि घर, सडक तथा अन्य...

भोटेकोशी बाढीको असर: नागढुंगादेखि भरतपुरसम्मको सडक पूर्ण बन्द
NEWS

भोटेकोशी बाढीको असर: नागढुंगादेखि भरतपुरसम्मको सडक पूर्ण बन्द

 काठमाण्डौ । रसुवा हुँदै आएको भोटेकोशीको भीषण बाढीले पृथ्वी राजमार्गका विभिन्न क्षेत्र जोखिममा परेपछि काठमाडौंको नागढुंगादेखि चितवनको भरतपुरसम्मको सडक पूर्ण रूपमा बन्द गरिएको छ।केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार बाढीले धादिङ जिल्लाभित्र पर्ने राजमार्ग क्षेत्र प्रभावित पारिसकेको र जोखिम थप फैलिन सक्ने अवस्था देखिएपछि नागढुंगा–भरतपुर...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.