मंगलवार, कार्तिक १०,२०८३ 06:37:24
  • मंगलवार, कार्तिक १०,२०८३ 06:37:24
Global IME Bank Limited

रसुवा बाढीमा सम्पर्कविहीन प्रहरी भेटिन थाले, अधिकांश घाइते

टिमुरेका १० प्रहरी सम्पर्कमा, १३ अझै बेपत्ता; घाइतेलाई काठमाडौं ल्याउने तयारी

Bizshala
रसुवा बाढीमा सम्पर्कविहीन प्रहरी भेटिन थाले, अधिकांश घाइते
New Office

 

 

काठमाण्डौ । रसुवामा आएको भीषण बाढीपछि सम्पर्कविहीन बनेका नेपाल प्रहरीका कर्मचारीमध्ये केही सम्पर्कमा आउन थालेका छन्। सम्पर्कमा आएका अधिकांश प्रहरी घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार टिमुरे क्षेत्रमा रहेका प्रहरीमध्ये १० जना सम्पर्कमा आएका छन् भने १३ जना अझै सम्पर्कविहीन छन्।

यस्तै, स्याफ्रुबेँसीबाट ४ जना र मैलुङबाट एक जना प्रहरी सम्पर्कमा आएका छन्। रसुवागढीलगायत अन्य प्रभावित क्षेत्रमा रहेका केही प्रहरी भने अझै सम्पर्कबाहिर रहेको प्रहरीले जनाएको छ।

बाढीले प्रहरी कार्यालय तथा आसपासका संरचनामा समेत ठूलो क्षति पुर्‍याएपछि त्यहाँ कार्यरत सुरक्षाकर्मीसमेत प्रभावित भएका थिए। सञ्चार सम्पर्क अवरुद्ध हुँदा सुरुमा ठूलो संख्यामा प्रहरी बेपत्ता भएको विवरण आएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सम्पर्कमा आएका प्रहरीमध्ये धेरै घाइते रहेकाले उनीहरूलाई सुरक्षित स्थानमा ल्याएर प्राथमिक उपचार गर्ने तथा आवश्यकताअनुसार थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको डीआईजी काफ्लेले बताएका छन्।

प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खोज तथा उद्धारमा खटिएको छ। सम्पर्कविहीन सुरक्षाकर्मी तथा सर्वसाधारणको खोजी कार्य पनि जारी रहेको छ।

बाढीले टिमुरे, स्याफ्रुबेँसी, रसुवागढीलगायत क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। सडक र सञ्चारसमेत प्रभावित भएकाले वास्तविक क्षतिको विस्तृत विवरण अझै संकलन भइरहेको छ।

Garima Development Bank
Bizshala
IME remit
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.