मंगलवार, मंसिर १,२०८३ 04:51:47
  • मंगलवार, मंसिर १,२०८३ 04:51:47
Global IME Bank Limited

होण्डाको दशैं योजनामा २१ जना भाग्यशाली विजेता घोषित, जितेको रकम बराबर विपद् राहत कोषमा सहयोग गर्ने

Bizshala
होण्डाको दशैं योजनामा २१ जना भाग्यशाली विजेता घोषित, जितेको रकम बराबर विपद् राहत कोषमा सहयोग गर्ने
New Office

 

काठमाण्डौ । होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले दशैंको अवसरमा सञ्चालन गरेको ‘यो दशैं, आशाको सुरुवात’ योजनाअन्तर्गत पहिलो तीन हप्ताका २१ जना भाग्यशाली विजेता घोषणा गरेको छ।

कम्पनीले ‘होण्डा छ साथ साथ’ अभियानअन्तर्गत सातै प्रदेशबाट प्रत्येक हप्ता एक–एक जनाका दरले लक्की ड्रमार्फत विजेता छनोट गरेको हो। तीन हप्तामा छनोट भएका विजेताले कुल ५ लाख १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन्।

चाडपर्वको अवसरमा ग्राहकलाई आकर्षक पुरस्कार प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने उद्देश्यले कम्पनीले ‘सहयोगको संकल्प’ नामक विशेष कार्यक्रमसमेत सञ्चालन गरेको छ।

यस कार्यक्रमअन्तर्गत विजेताले जितेको रकम बराबरको थप रकम होण्डा नेपालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणा गरेको छ। यसअनुसार पहिलो तीन हप्ताका विजेताले प्राप्त गर्ने कुल ५ लाख १५ हजार रुपैयाँ बराबरकै रकम राहत कोषमा योगदान गरिने कम्पनीले जनाएको छ।

यसरी ग्राहकलाई वितरण गरिने पुरस्कार र राहत कोषमा गरिने योगदान गरी पहिलो तीन हप्तामा कम्पनीको कुल आर्थिक प्रतिबद्धता १० लाख ३० हजार रुपैयाँ पुगेको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार पहिलो हप्तामा प्रदेश १ बाट रामचन्द्र न्यौपानेले १० हजार रुपैयाँ, प्रदेश २ बाट अफजल मियाँले १ लाख रुपैयाँ, प्रदेश ३ बाट गोकुलप्रसाद ओलीले १० हजार रुपैयाँ, प्रदेश ४ बाट विज्ञान लामाले १० हजार रुपैयाँ, प्रदेश ५ बाट कृष्णबहादुर खड्काले १० हजार रुपैयाँ, प्रदेश ६ बाट पदमबहादुर शाहीले ५० हजार रुपैयाँ र प्रदेश ७ बाट आदर्श कन्स्ट्रक्सनका मदन यादवले १० हजार रुपैयाँ जितेका छन्।

त्यस्तै, दोस्रो हप्तामा प्रदेश १ बाट विकासकुमार यादवले १० हजार रुपैयाँ, प्रदेश २ बाट सुन लामाले १० हजार रुपैयाँ, प्रदेश ३ बाट राजु महर्जनले २५ हजार रुपैयाँ, प्रदेश ४ बाट बलराम थापाले ५० हजार रुपैयाँ, प्रदेश ५ बाट पुष्पा थारुले १० हजार रुपैयाँ, प्रदेश ६ बाट मानसिंह दाहालले १ लाख रुपैयाँ र प्रदेश ७ बाट विनिता पाठकले १० हजार रुपैयाँ जितेका छन्।

यसैगरी, तेस्रो हप्तामा प्रदेश १ बाट आशिष राईले ५० हजार रुपैयाँ, प्रदेश २ बाट सुशीलकुमार श्रीवास्तवले १० हजार रुपैयाँ, प्रदेश ३ बाट दिशान्त विष्टले १० हजार रुपैयाँ, प्रदेश ४ बाट मनोज घिमिरेले १० हजार रुपैयाँ, प्रदेश ५ बाट दामोरबहादुर बुढाथोकीले १० हजार रुपैयाँ, प्रदेश ६ बाट प्रोभिन्स आयुर्वेद हस्पिटल एण्ड रिसर्च सेन्टरले १० हजार रुपैयाँ र प्रदेश ७ बाट जुजेस्टर राणाले १० हजार रुपैयाँ पुरस्कार जितेका छन्।

तीन हप्ताका विजेतामध्ये दुई जनाले जनही १ लाख रुपैयाँ, तीन जनाले जनही ५० हजार रुपैयाँ, एक जनाले २५ हजार रुपैयाँ तथा बाँकी १५ जनाले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन्।

Garima Development Bank
Bizshala
IME remit

कम्पनीका अनुसार विजेताहरूलाई पुरस्कार रकम हस्तान्तरण गरिनेछ भने सोही बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।

यसैबीच, ग्राहकहरूको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रियालाई ध्यानमा राख्दै कम्पनीले दशैं विशेष योजनाको अवधि थप गरेको छ।

यसअघि सञ्चालनमा रहेको ‘यो दशैं, आशाको सुरुवात’ योजना अब आगामी मंसिर १४ गते अर्थात् नोभेम्बर ३० सम्म कायम रहने कम्पनीले जनाएको छ। अवधि थपिएसँगै थप ग्राहकले योजनामा सहभागी भई पुरस्कार जित्ने अवसर प्राप्त गर्नेछन्।

स्याकार ट्रेडिङ कम्पनीले सबै विजेतालाई बधाई दिँदै होण्डा ब्रान्डप्रति नेपाली ग्राहकले देखाएको विश्वास र निरन्तर साथका लागि आभार व्यक्त गरेको छ।

कम्पनीले चाडपर्वलाई बिक्री प्रवर्द्धनमा मात्र सीमित नराखी ग्राहकलाई पुरस्कारसँगै विपद् प्रभावित नागरिकको सहयोगमा योगदान गर्ने अवसरका रूपमा समेत अघि बढाएको जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.