मंगलवार, मंसिर १,२०८३ 04:56:14
  • मंगलवार, मंसिर १,२०८३ 04:56:14
Global IME Bank Limited

हिउँदको विद्युत् संकट टार्न भारतले दिने भयो ३५० मेगावाट बिजुली, थप ५६ मेगावाट निर्यात गर्न पनि नेपाललाई अनुमति

Bizshala
हिउँदको विद्युत् संकट टार्न भारतले दिने भयो ३५० मेगावाट बिजुली, थप ५६ मेगावाट निर्यात गर्न पनि नेपाललाई अनुमति
New Office

काठमाण्डौ । बाढीले जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुर्‍याएपछि हिउँदमा विद्युत् अभाव हुने चिन्ता बढिरहेका बेला भारतले नेपाललाई ३५० मेगावाट बिजुली उपलब्ध गराउने निर्णय गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको निरन्तर पहलपछि भारतले सुख्खायामको उच्च माग हुने समयमा नेपाललाई ३५० मेगावाट विद्युत् उपलब्ध गराउने अनुमति दिएको हो।

मंगलबार नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले ऊर्जा मन्त्रालयमा मन्त्री श्रेष्ठसँग भेट गरी भारत सरकारको निर्णयबारे जानकारी गराएका छन्।

मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सन्जिव महर्जनका अनुसार भदौमा भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपालको विद्युत् पूर्वाधारमा पुर्‍याएको क्षतिलाई दृष्टिगत गर्दै भारतले यस्तो निर्णय गरेको हो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

भोटेकोशीको बाढीका कारण मात्रै ४३१ मेगावाट विद्युत् प्रणालीबाहिर रहेको छ। त्यसपछि कालीगण्डकी र बुढीगण्डकीमा आएको बाढीले समेत विद्युत् पूर्वाधारमा थप क्षति पुर्‍याएको छ।

विपद्पछि हिउँदको विद्युत् माग व्यवस्थापन चुनौतीपूर्ण बन्ने देखिएपछि मन्त्री श्रेष्ठले भारतबाट विद्युत् आयातका लागि कूटनीतिक पहल तीव्र बनाएका थिए।

त्यसक्रममा नेपाल विद्युत् प्राधिकरणका सञ्चालक समिति सदस्य तथा मन्त्रीको सचिवालयका प्रतिनिधिलाई दुईपटक नयाँदिल्ली पठाइएको थियो। ती छलफलबाट विद्युत् आपूर्तिको मोडालिटीसमेत टुंगिएको मन्त्रालयले जनाएको छ।

केही दिनअघि नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीसँगको भेटमा पनि मन्त्री श्रेष्ठले विद्युत् आपूर्ति सहज बनाउने विषय उठाएका थिए। त्यसअघि भारतीय ऊर्जा सचिवसँग समेत यस विषयमा छलफल भएको थियो।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार भारतले २०८३ मंसिर १ देखि २०८४ साउन १५ गतेसम्म विद्युत् आयात गर्ने अनुमति दिएको छ।

‘मन्त्रीज्यू र उहाँको टिम, मन्त्रालय तथा विद्युत् प्राधिकरणबाट भएको चरणबद्ध संवादपछि भारतले सुख्खायामको पिक आवरमा ३५० मेगावाट बिजुली उपलब्ध गराउने भएको छ। यसले हिउँदको विद्युत् माग धान्न र आपूर्ति व्यवस्थापन सहज बनाउन मद्दत गर्छ,’ उनले भने।

Garima Development Bank
Bizshala
IME remit

थप ५६ मेगावाट बिजुली निर्यात गर्न पनि अनुमति

भारतले नेपाललाई ३५० मेगावाट विद्युत् आयातको अनुमति दिनुका साथै नेपालबाट थप ५६ मेगावाट बिजुली निर्यात गर्नसमेत स्वीकृति दिएको छ।

यससँगै नेपालले मौसमी माग र उत्पादनको अवस्थाअनुसार भारतसँग विद्युत् आयात तथा निर्यात दुवै गर्ने अवसर थप विस्तार भएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको पूर्वसन्ध्यामा भारतबाट आएको यो निर्णयलाई दुई देशबीचको ऊर्जा सहकार्यका दृष्टिले महत्वपूर्ण मानिएको छ। प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जामन्त्री श्रेष्ठसमेत सहभागी हुने कार्यक्रम रहेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.