मंगलवार, मंसिर १,२०८३ 03:48:24
  • मंगलवार, मंसिर १,२०८३ 03:48:24
Global IME Bank Limited

विद्युत् निर्यातको सीमा बढाउन भारतसँग छलफल, प्रसारणलाइन विस्तार र सौर्य ऊर्जामा सहकार्यको प्रस्ताव

Bizshala
विद्युत् निर्यातको सीमा बढाउन भारतसँग छलफल, प्रसारणलाइन विस्तार र सौर्य ऊर्जामा सहकार्यको प्रस्ताव
New Office

काठमाण्डौ । नेपालबाट भारततर्फ हुने विद्युत् निर्यातको सीमा बढाउने तथा अन्तरदेशीय प्रसारणलाइन विस्तार गर्ने विषयमा नेपाल र भारतबीच छलफल भएको छ।

मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाबीच भएको शिष्टाचार भेटवार्तामा ऊर्जा व्यापार तथा पूर्वाधार विकासका विभिन्न विषयमा छलफल भएको हो।

भेटमा निर्माणाधीन ऊर्जा परियोजनाहरू निर्धारित समयमै सम्पन्न गर्ने, अन्तरदेशीय विद्युत् प्रसारण पूर्वाधार विस्तारको सम्भावना खोज्ने र विद्युत् निर्यातको सीमा बढाउन आवश्यक सहजीकरण गर्ने विषयमा विचारविमर्श भएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यसैगरी, नेपालमा सौर्य ऊर्जाको विकास तथा विस्तारका लागि भारतीय पक्षसँग सहकार्य गर्ने सम्भावनाबारे समेत छलफल भएको छ।

भेटका क्रममा भूमिगत जलस्रोतको पुनर्भरणसम्बन्धी अध्ययन तथा अनुसन्धानमा दुई देशबीच सहकार्य गर्ने विषयले पनि प्राथमिकता पाएको थियो।

Garima Development Bank
Bizshala
IME remit

मन्त्री श्रेष्ठले राजदूत दलेलालाई सफल कार्यकालको शुभकामना दिँदै नेपाल–भारतबीच ऊर्जा तथा जलस्रोतका क्षेत्रमा सहकार्य थप विस्तार गर्नुपर्नेमा जोड दिए।

दुवै पक्षले द्विपक्षीय हितका ऊर्जा आयोजनालाई गति दिँदै ऊर्जा तथा जलस्रोत क्षेत्रमा आपसी सहकार्य थप प्रभावकारी बनाउने आवश्यकता औँल्याएका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.