बिहीबार, भाद्र ११,२०८३ 04:21:07
Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 04:21:07
Bizshala
Global IME Bank Limited

बाढी पीडितका नाममा ‘स्क्याम’ सुरु, व्यक्तिगत खातामा पैसा नहाल्न प्रहरीको चेतावनी

सहयोग गर्न चाहनेलाई प्रधानमन्त्री राहत कोषजस्ता आधिकारिक माध्यम मात्र प्रयोग गर्न आग्रह

बाढी पीडितका नाममा ‘स्क्याम’ सुरु, व्यक्तिगत खातामा पैसा नहाल्न प्रहरीको चेतावनी
New Office

 

काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने नाममा ठगीको जोखिम बढेको भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ।

विपद्को संवेदनशील अवस्थालाई मौका बनाएर केही व्यक्ति तथा समूहले बाढी पीडितका नाममा व्यक्तिगत बैंक खाता तथा ई–वालेटमार्फत रकम संकलन गर्न थालेको पाइएपछि प्रहरीले ‘स्क्याम अलर्ट’ जारी गरेको हो।

प्रहरीका अनुसार विपद्को समयमा सर्वसाधारणमा देखिने सहयोगी भावना र मानवीय संवेदनालाई दुरुपयोग गर्दै फर्जी राहत अभियान सञ्चालन गर्ने तथा व्यक्तिगत खातामा रकम जम्मा गर्न आग्रह गर्ने प्रवृत्ति देखिएको छ।

यस्तो अवस्थामा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले प्रमाणित र आधिकारिक माध्यमबाट मात्र रकम उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ।

प्रहरीले विशेषगरी प्रधानमन्त्री राहत कोषलगायत सरकारी तथा आधिकारिक राहत संयन्त्रमार्फत सहयोग गर्न सुझाव दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जालमा प्रकाशित विवरण यकिन गरेर मात्रै रकम जम्मा गर्नुपर्ने प्रहरीको भनाइ छ।

व्यक्तिगत बैंक खाता वा ई–वालेटमा बाढी पीडितका नाममा रकम मागिएको अवस्थामा त्यसको आधिकारिकता पुष्टि नगरी पैसा नपठाउन प्रहरीले आग्रह गरेको छ।

Bizshala
CG Motors

शंका लागे तत्काल प्रहरीलाई खबर गर्न आग्रह

विपद् राहतका नाममा कसैले आर्थिक ठगी गरेको, फर्जी अभियान चलाएको वा त्यस्तो प्रयास गरेको शंका लागेमा तत्काल नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको साइबर ब्यूरोमा सम्पर्क गर्न भनिएको छ।

प्रहरीले यससम्बन्धी सूचनाका लागि ९८५१२८६७७२, ९८५१२८६७७१ र ९८५१२८६७७० नम्बरसमेत सार्वजनिक गरेको छ।

बाढी प्रभावितलाई सहयोग गर्ने नाममा हुने आर्थिक ठगी नियन्त्रण गर्न निगरानी बढाइएको र संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याइने प्रहरीले जनाएको छ।

प्रहरीले विपद्को यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जालमा देखिएका सबै राहत अपिललाई तत्काल विश्वास नगर्न, स्रोत र खाताको आधिकारिकता यकिन गर्न तथा सरकारी तथा प्रमाणित सूचनालाई मात्र आधार बनाउन सर्वसाधारणसँग आग्रह गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.