बाढी पीडितका नाममा ‘स्क्याम’ सुरु, व्यक्तिगत खातामा पैसा नहाल्न प्रहरीको चेतावनी
काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने नाममा ठगीको जोखिम बढेको भन्दै नेपाल प्रहरीले सर्वसाधारणलाई सचेत गराएको छ।विपद्को संवेदनशील अवस्थालाई मौका बनाएर केही व्यक्ति तथा समूहले बाढी पीडितका नाममा व्यक्तिगत बैंक खाता तथा ई–वालेटमार्फत रकम संकलन गर्न थालेको पाइएपछि प्रहरीले ‘स्क्याम अलर्ट’ जारी गरेको हो।प्रहरीका अनुसार विपद्को समयमा...

