Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 03:34:54
Bizshala
Global IME Bank Limited

बाढीले बगाएको बैंकको अर्को भल्ट मलेखुमा फेला, प्रशासनको जिम्मा लगाइयो

यसअघि भेटिएको भल्ट फोडेर रकम बाँडेको आरोपमा २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद

बाढीले बगाएको बैंकको अर्को भल्ट मलेखुमा फेला, प्रशासनको जिम्मा लगाइयो
New Office

 

 

काठमाण्डौ । रसुवाको भोटेकोशी बाढीले बगाएर ल्याएको बैंकको अर्को भल्ट धादिङमा फेला परेको छ।

धादिङको मलेखु खोलापारिको किनारमा भेटिएको उक्त भल्ट उद्धारकर्ता र प्रहरीको टोलीले सुरक्षित रूपमा बाहिर निकालेको हो। भल्टलाई हाल जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाइएको जनाइएको छ।

भदौ १० गते आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बैंक शाखा बगाउँदा नगद, धितोमा राखिएका सुनचाँदी तथा बैंकका भल्टसमेत नदीमा मिसिएका थिए।

यसअघि पनि बाढीले बगाएर ल्याएको अर्को बैंकको भल्ट धादिङको गल्छी क्षेत्रमा फेला परेको थियो। उक्त भल्ट स्थानीयले फोडेर त्यसभित्रको रकम बाँडफाँट गरेको आरोपपछि सुरक्षा निकायले सर्च अपरेसन चलाएको थियो।

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सो प्रकरणमा २९ जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरूको साथबाट हालसम्म ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद गरिएको जनाइएको छ।

Bizshala
CG Motors

धादिङ क्षेत्र नम्बर १ की सांसद आशिका तामाङले सामाजिक सञ्जालमार्फत गल्छी क्षेत्रमा भेटिएको भल्ट फोडेर रकम बाँडिएको विषय सार्वजनिक गर्दै प्रहरी र प्रशासनको ध्यानाकर्षण गराएकी थिइन्। त्यसपछि घटनामा संलग्न भनिएका व्यक्तिहरूको खोजी तीव्र बनाइएको थियो।

बाढीले रसुवा र नुवाकोटमा रहेका ९ वटा वाणिज्य बैंक र एउटा विकास बैंकका शाखा कार्यालयसमेत बगाएको बताइएको छ। ती बैंकमा कार्यरत ७ वाणिज्य बैंकका २७ कर्मचारी अझै सम्पर्कविहीन रहेको विवरण छ।

कार्यालय नै बगाउँदा नगद तथा बहुमूल्य धितोसँगै बैंकका अन्य भल्टसमेत नदीको बहावमा गएको हुनसक्ने आशंका छ।

मलेखुमा भेटिएको पछिल्लो भल्ट कुन बैंकको हो र त्यसमा के–कति सामग्री सुरक्षित छ भन्नेबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।

यसअघि भल्ट फोडेर रकम लिएको घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा समग्र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.