बिहीबार, भाद्र ११,२०८३ 01:42:06
Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 01:42:06
Bizshala
Global IME Bank Limited

रसुवा बाढीः हेलिकप्टरबाट २० विदेशीसहित १२५ जनाको उद्धार

रसुवा बाढीः हेलिकप्टरबाट २० विदेशीसहित १२५ जनाको उद्धार
New Office

काठमाण्डौ ।  रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाइएको छ। नेपाली सेनाले बिहीबार बिहानसम्म टिमुरे र मैलुङ क्षेत्रबाट २० विदेशी नागरिकसहित १२५ जनाको उद्धार गरेको छ।

सेनाका अनुसार बिहान १०ः३० बजेसम्म हेलिकप्टरमार्फत बाढीका कारण अलपत्र परेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारिएको हो।

उद्धार गरिएकामध्ये घाइते तथा स्वास्थ्य समस्या देखिएकालाई आवश्यक उपचारको व्यवस्था गरिएको छ। त्रिशूलीस्थित नेपाली सेनाको विशेषज्ञ चिकित्सक अधिकृतसहितको आपत्कालीन उपचार केन्द्रमा हालसम्म ६४ जना घाइतेलाई स्वास्थ्य सेवा प्रदान गरिएको सेनाले जनाएको छ।

Bizshala
CG Motors

बाढी प्रभावित क्षेत्रमा अझै पनि विभिन्न स्थानमा मानिसहरू अलपत्र परेको आशंकामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षा निकायले उद्धार तथा खोजी कार्य जारी राखेका छन्।

सेनाले घाइतेहरूको स्थल तथा हवाई उद्धार, आपत्कालीन उपचार र राहत सामग्री वितरणको काम समन्वयात्मक रूपमा अघि बढिरहेको जनाएको छ।

रसुवाका विभिन्न क्षेत्रमा सडक तथा पुलमा ठूलो क्षति पुगेका कारण कतिपय स्थानमा स्थलमार्गबाट पुग्न कठिन भएपछि हेलिकप्टरमार्फत उद्धारलाई प्राथमिकता दिइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.