आईतवार, आश्विन १८,२०८३ 07:36:16
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 07:36:16
Bizshala
Global IME Bank Limited

चीनतर्फ बनेको ठूलो ताल फुट्यो, रसुवामा उच्च सतर्कता अपनाउन आग्रह

Bizshala
चीनतर्फ बनेको ठूलो ताल फुट्यो, रसुवामा उच्च सतर्कता अपनाउन आग्रह
New Office

 

काठमाण्डौ । चीनतर्फ पहिरोले थुनिएर बनेको ठूलो ताल फुटेको सूचना आएपछि रसुवामा नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा बनेको ताल फुटेको जानकारी चिनियाँ पक्षबाट प्राप्त भएको हो।

उनले नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरिसकिएको बताए।

‘थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षबाट सूचना आएको छ,’ प्रजिअ परियारले भने, ‘नदीको तटीय क्षेत्रका नागरिकलाई सुरक्षित रहन सर्कुलर गरिसकिएको छ।’

छोचेन खोला र पुरेपू त्साङ्पो त्रिशूली नदी प्रणालीका माथिल्ला सहायक नदी हुन्। तिब्बत क्षेत्रबाट बग्ने यी नदी नेपाल प्रवेश गरेपछि भोटेकोशी तथा त्रिशूली नदी प्रणालीमा मिसिन्छन्।

यसअघि पहिरो र ठूलो मात्रामा थुप्रिएको भग्नावशेषका कारण उक्त क्षेत्रमा नदी थुनिएर ठूलो ताल बनेको थियो। बिहीबार बिहानसम्म तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको र तीन दिनभित्र थप करिब ३० लाख घनमिटर पानी थपिन सक्ने अनुमान चिनियाँ जलस्रोत मन्त्रालयले गरेको थियो।

तालको आकार लगातार बढ्दै गएपछि बाँध फुट्ने जोखिमलाई लिएर चीनले समेत उच्च सतर्कता अपनाएको थियो। चिनियाँ अधिकारीहरूले तालको अवस्थालाई लगातार निगरानी गरिरहेका थिए।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

चीनतर्फ उद्धार टोलीसमेत पछि हटाइयो

तालबाट थप बाढी आउन सक्ने जोखिम बढेपछि चीनले तिब्बत क्षेत्रमा जारी उद्धार अभियानसमेत अस्थायी रूपमा स्थगित गरेको थियो।

चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै सार्वजनिक विवरणमा उद्धार टोलीलाई घटनास्थलबाट करिब एक किलोमिटर पछाडि हट्न निर्देशन दिइएको उल्लेख थियो।

पहिरोपछि थुप्रिएको लेदो र भग्नावशेषले नदी थुनिएर बनेको ताल भरिँदै गएपछि पानी उद्धार टोली परिचालित क्षेत्रतर्फ जान थालेको बताइएको थियो।

त्यसपछि सबै उद्धार टोलीलाई सुरक्षित स्थानमा तयारी अवस्थामा रहन र थप निर्देशनको प्रतीक्षा गर्न भनिएको थियो।

यसअघि पनि उक्त ताल फुट्न सक्ने भन्दै नेपालतर्फ भोटेकोशी र त्रिशूली नदीका तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो।

अब ताल फुटेको सूचना आएसँगै रसुवा तथा भोटेकोशी–त्रिशूली नदी प्रणालीको तल्लो क्षेत्रमा थप बाढीको जोखिम बढ्न सक्ने भएकाले नदी किनार, तटीय बस्ती र जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.