Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 01:32:07
Bizshala
Global IME Bank Limited

रसुवा बाढीपीडितका लागि श्रीलंकाको १० लाख अमेरिकी डलर सहायता

राष्ट्रपति दिसानायकेको निर्देशनमा मानवीय सहयोग, ‘संकटको घडीमा नेपालसँगै छौं’

रसुवा बाढीपीडितका लागि श्रीलंकाको १० लाख अमेरिकी डलर सहायता
New Office

काठमाडौं । रसुवासहित विभिन्न क्षेत्रमा विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा मानवीय सहायताका लागि श्रीलंकाले १० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।

श्रीलंकाको वैदेशिक रोजगार तथा पर्यटन मन्त्रालयले २७ अगस्ट २०२६ मा जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति अनुरा कुमारा दिसानायकेको निर्देशनमा उक्त आर्थिक सहयोग नेपाललाई उपलब्ध गराउन लागिएको हो।

नेपालमा जारी खोज, उद्धार तथा राहत कार्यलाई सहयोग पुर्‍याउने उद्देश्यले श्रीलंका सरकारले यो सहायता घोषणा गरेको जनाएको छ। बाढीपहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकोप्रति राष्ट्रपति दिसानायकेले गहिरो दुःख व्यक्त गरेका छन्।

उनले विपद्मा ज्यान गुमाएकाका परिवार, नेपाल सरकार तथा नेपाली जनताप्रति श्रीलंकाका तर्फबाट समवेदना व्यक्त गर्दै संकटको समयमा आफ्नो मुलुक नेपाल र नेपाली जनताको साथमा दृढतापूर्वक उभिएको बताएका छन्।

नेपाल र श्रीलंकाबीच लामो समयदेखि कायम मित्रता र आपसी ऐक्यबद्धताको स्मरण गर्दै राष्ट्रपति दिसानायकेले विपद्को कठिन घडीमा उपलब्ध गराइने सहयोग दुई देशबीचको मित्रताको प्रतीकसमेत भएको उल्लेख गरेका छन्।

Bizshala
CG Motors

श्रीलंकाले उपलब्ध गराउने १० लाख अमेरिकी डलर बाढीपहिरो प्रभावित समुदायको तत्काल राहत, मानवीय सहायता तथा अत्यावश्यक आवश्यकताको व्यवस्थापनमा प्रयोग गरिने विज्ञप्तिमा उल्लेख छ।

यसैबीच, श्रीलंकाका विदेशमन्त्री विजिथा हेराथले नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग टेलिफोन संवादसमेत गरेका छन्।

संवादका क्रममा विदेशमन्त्री हेराथले बाढीपहिरोका कारण नेपालले व्यहोर्नुपरेको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै श्रीलंका सरकारको निरन्तर सहयोग, समर्थन र ऐक्यबद्धता रहने प्रतिबद्धता जनाएका छन्।

रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि प्रभावितहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि विभिन्न मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय निकायबाट सहायता घोषणा हुने क्रम बढिरहेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.