मंगलवार, आश्विन २०,२०८३ 11:46:36
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 11:46:36
Bizshala
Global IME Bank Limited

रसुवा बाढीका घाइते हेलिकप्टरबाट काठमाडौं ल्याइए, विभिन्न अस्पतालमा उपचार सुरु

त्रिभुवन विमानस्थलमा उद्धार गरी ल्याइएका घाइतेलाई अस्पताल पठाइयो, प्रभावित क्षेत्रमा उद्धार कार्य जारी

Bizshala
रसुवा बाढीका घाइते हेलिकप्टरबाट काठमाडौं ल्याइए, विभिन्न अस्पतालमा उपचार सुरु
New Office

 

काठमाण्डौ । रसुवामा आएको भीषण बाढीमा परी घाइते भएकाहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याउन थालिएको छ।

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेलाई हेलिकप्टरमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो। विमानस्थलबाट उनीहरूलाई एम्बुलेन्समार्फत काठमाडौंका विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ।

बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीसहितका सुरक्षा निकायले उद्धार तथा खोजी कार्य जारी राखेका छन्।

घाइतेको अवस्था र संख्या सम्बन्धी विस्तृत विवरण भने संकलनकै क्रममा रहेको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

भोटेकोशीमा आएको आकस्मिक बाढीले रसुवा तथा तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि जोखिममा परेका व्यक्तिको हवाई उद्धारलाई तीव्र पारिएको हो।

सरकारले सम्भावित घाइतेको उपचारका लागि काठमाडौंका प्रमुख अस्पतालहरूलाई समेत तयारी अवस्थामा राखेको छ। वीर अस्पतालसहितका स्वास्थ्य संस्थाले आकस्मिक सेवा, आईसीयू, भेन्टिलेटर, रगत तथा आवश्यक औषधि तयारी अवस्थामा राखेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.