मंगलवार, आश्विन २०,२०८३ 01:47:37
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 01:47:37
Bizshala
Global IME Bank Limited

रसुवा बाढीका २१ घाइते काठमाडौं ल्याइए, तीन अस्पतालमा उपचार जारी

त्रिवि शिक्षण अस्पतालमा १७, ट्रमा सेन्टरमा ३ र मेडिसिटीमा १ जनाको उपचार; घाइतेलाई हेलिकोप्टरबाट उद्धार गरी राजधानी ल्याइयो

Bizshala
रसुवा बाढीका २१ घाइते काठमाडौं ल्याइए, तीन अस्पतालमा उपचार जारी
New Office

 

काठमाण्डौ । रसुवा बाढीबाट प्रभावित तथा घाइते भएका २१ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ। उनीहरूको राजधानीका तीन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दानबहादुर थापाका अनुसार उद्धार गरी ल्याइएकामध्ये १७ जनाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, ३ जनाको राष्ट्रिय ट्रमा सेन्टर र १ जनाको नेपाल मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

बाढी प्रभावित क्षेत्रमा सडक तथा अन्य पहुँचमार्ग अवरुद्ध भएपछि घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको हो।

ट्रमा सेन्टरमा तीन जना

राष्ट्रिय ट्रमा सेन्टरमा नुवाकोटको विदुर नगरपालिका–५ का तीन जनाको उपचार भइरहेको छ। उनीहरूलाई नुवाकोटबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।

ट्रमा सेन्टरमा उपचाररतमा ४२ वर्षीय भक्त भण्डारी, ४१ वर्षीया सिता भण्डारी र २४ वर्षीय विवेक कुमाल रहेका छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

शिक्षण अस्पतालमा १७ जनाको उपचार

त्रिवि शिक्षण अस्पतालमा १७ जना घाइतेको उपचार भइरहेको छ।

उपलब्ध विवरणअनुसार त्यहाँ उपचाररतमध्ये ३४ वर्षीय तेजबहादुर तामाङ, ४८ वर्षीय पेम्बा तामाङ, कुशल मगर, करिब ४५ वर्षीय ‘काकी’ भनेर चिनाइएका पुरुष, नामथर खुल्न बाँकी करिब ३५ वर्षीय पुरुष, ३३ वर्षीय मिनबहादुर श्रेष्ठ, ४० वर्षीय गिर्यालाल बुढाथोकी, २३ वर्षीय रुपक रोका, ३५ वर्षीय सुजन बस्नेत र २३ वर्षीय सुसान्त श्रेष्ठ लगायत छन्।

शिक्षण अस्पतालमा उपचाररत बाँकी घाइतेहरूको विस्तृत विवरण संकलन भइरहेको छ।

नेपाल मेडिसिटी अस्पतालमा पनि बाढी प्रभावित एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

भोटेकोशीमा आएको भीषण बाढीपछि रसुवा तथा त्रिशूली नदी करिडोरका विभिन्न क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ। गम्भीर तथा तत्काल उपचार आवश्यक पर्ने घाइतेलाई प्राथमिकताका आधारमा हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने क्रम जारी रहेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.