काठमाण्डौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण आइतबार १४ः०० बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ ।
प्राप्त विवरणअनुसार रसुवामा २ सय ३६, नुवाकोटमा २ सय ४, धादिङमा ७२, चितवनमा ३ सय ६८, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको हो । यसबाहेक काठमाडौंमा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ ।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया अघि बढाइएको छ । हालसम्म १ हजार ३ सय ३४ शव व्यवस्थापन गरिएको छ ।शव पहिचानका लागि मृतकका १ हजार ३ सय ३० र आफन्तका २ हजार ६१ गरी कुल ३ हजार ३ सय ९१ वटा डीएनए नमुना सङ्कलन गरिएको छ ।
यस्तै, पहिचान हुन बाँकी १ हजार ४ सय २१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा उद्धार, राहत वितरण र शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ ।यसैगरी, बाढीपछि बेपत्ता भएका ४ हजार ७ सय १८ जनाको खोजी कार्य जारी रहेको छ । विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा हाल १ हजार २ सय ७९ जना राखिएका छन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।