आईतवार, कार्तिक ८,२०८३ 06:38:19
  • आईतवार, कार्तिक ८,२०८३ 06:38:19
Global IME Bank Limited

भोटेकोशी बाढी अपडेटः १ हजार ४ सय ५३ जनाको शव फेला

Bizshala
भोटेकोशी बाढी अपडेटः १ हजार ४ सय ५३ जनाको शव फेला
New Office

काठमाण्डौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण आइतबार १४ः०० बजेसम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ ।

प्राप्त विवरणअनुसार रसुवामा २ सय ३६, नुवाकोटमा २ सय ४, धादिङमा ७२, चितवनमा ३ सय ६८, गोरखामा ७९, तनहुँमा ३८, नवलपरासी पूर्वमा २ सय ३२ र नवलपरासी पश्चिममा २ सय २२ जनाको शव फेला परेको हो । यसबाहेक काठमाडौंमा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ ।

फेला परेका शवको पहिचानका लागि डीएनए नमुना सङ्कलनलगायत आवश्यक प्रक्रिया अघि बढाइएको छ । हालसम्म १ हजार ३ सय ३४ शव व्यवस्थापन गरिएको छ ।शव पहिचानका लागि मृतकका १ हजार ३ सय ३० र आफन्तका २ हजार ६१ गरी कुल ३ हजार ३ सय ९१ वटा डीएनए नमुना सङ्कलन गरिएको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

यस्तै, पहिचान हुन बाँकी १ हजार ४ सय २१ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा उद्धार, राहत वितरण र शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ ।यसैगरी, बाढीपछि बेपत्ता भएका ४ हजार ७ सय १८ जनाको खोजी कार्य जारी रहेको छ । विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा हाल १ हजार २ सय ७९ जना राखिएका छन् ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.