बुधबार, भाद्र १०,२०८३ 03:52:49
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 03:52:49
Bizshala
Global IME Bank Limited

भोटेकोशीमा ‘अकल्पनीय’ बाढी कसरी आयो ? कारण खोज्न चीन र इसिमोडसँग नेपाल सक्रिय

ठूलो वर्षा नभए पनि नदी एक्कासि उर्लियो, स्याटेलाइट तस्वीरबाट हिमपहिरो वा हिमताल फुटेको सम्भावना अध्ययन गरिँदै

भोटेकोशीमा ‘अकल्पनीय’ बाढी कसरी आयो ? कारण खोज्न चीन र इसिमोडसँग नेपाल सक्रिय
New Office

 

काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा एक्कासि आएको भीषण बाढीको वास्तविक कारण अझै यकिन हुन सकेको छैन। सामान्य वर्षामात्र भएको अवस्थामा नदीमा अस्वाभाविक रूपमा ठूलो बहाव आएपछि नेपालले यसको कारण खोज्न चीनसँग समन्वय थालेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीको स्रोत चीनतर्फको भूभागसँग समेत सम्बन्धित हुनसक्ने भएकाले चिनियाँ पक्षसँग सूचना आदानप्रदान र प्राविधिक समन्वय भइरहेको छ।

प्राधिकरणकी उपसचिव गोमादेवी चेम्जोङका अनुसार घटनाको वास्तविक कारण पत्ता लगाउन स्याटेलाइट तस्वीरको समेत अध्ययन गर्ने तयारी गरिएको छ।

बाढीको स्रोत र प्रकृतिबारे स्पष्ट निष्कर्षमा पुग्न चीनसँगै अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) लगायतका प्राविधिक निकायसँग पनि सहकार्य भइरहेको उनले जानकारी दिइन्।

‘यो नेपालको नदीसँग मात्र सम्बन्धित विषय होइन, चीनसँग जोडिएको विषय भएकाले चीनसँगै समन्वय गरेर कारणको खोजी गरिरहेका छौं,’ चेम्जोङले भनिन्, ‘स्याटेलाइटबाट अध्ययन नगरी अहिले नै बाढीको ठोस कारण यही हो भनेर भन्न सकिने अवस्था छैन।’

Bizshala
CG Motors

ठूलो वर्षा थिएन, तर एक्कासि उर्लियो नदी

भोटेकोशीमा आएको बाढीलाई असामान्य मानिनुको एउटा प्रमुख कारण त्यस क्षेत्रमा ठूलो वर्षा नहुनु हो।

मौसमविद्हरूका अनुसार मंगलबार साँझदेखि रसुवा क्षेत्रमा बाढी ल्याउने स्तरको भारी वर्षा भएको थिएन। त्यसैले सामान्य वर्षाबाट मात्रै यति ठूलो बाढी आएको हो वा नदीको माथिल्लो जलाधार क्षेत्रमा कुनै आकस्मिक प्राकृतिक घटना भएको हो भन्ने विषयमा अध्ययन केन्द्रित गरिएको छ।

भोटेकोशीको माथिल्लो जलाधार क्षेत्र चीनको तिब्बतसँग जोडिएको छ। यही कारण त्यहाँ हिमपहिरो, हिमताल फुट्ने घटना वा कुनै प्राकृतिक अवरोध भत्किएर एकैपटक ठूलो पानी तलतर्फ आएको हुनसक्ने सम्भावनासमेत अध्ययन भइरहेको छ।

मौसमविद् मिन कुमार अर्यालले भोटेकोशीको जलाधार चीनतर्फ समेत फैलिएकाले माथिल्लो क्षेत्रमा हिमपहिरो वा हिमतालसँग सम्बन्धित घटना भएको हुनसक्ने बताएका छन्।

अहिले नेपालका सम्बन्धित निकायले वर्षाको विवरण, नदीको बहाव, भू–उपग्रह तस्वीर तथा चीनतर्फको भूगर्भीय अवस्थालाई जोडेर बाढीको वास्तविक कारण पहिचान गर्ने प्रयास गरिरहेका छन्।

प्राविधिक अध्ययन पूरा नभएसम्म बाढी हिमपहिरो, हिमताल फुटेर वा अन्य कुनै कारणबाट आएको हो भन्ने निष्कर्षमा पुग्न नसकिने सरकारी अधिकारीहरूको भनाइ छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.