सोमबार, आश्विन २६,२०८३ 06:56:02
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 06:56:03
Bizshala
Global IME Bank Limited

इजरायल पठाउने नाममा ठगी प्रकरण गम्भीर बन्दै, कांग्रेस नेतासहित ५ जनामाथि संगठित अपराधमा अनुसन्धान

Bizshala
इजरायल पठाउने नाममा ठगी प्रकरण गम्भीर बन्दै, कांग्रेस नेतासहित ५ जनामाथि संगठित अपराधमा अनुसन्धान
New Office

 

काठमाण्डौ । केयरगिभरका रूपमा इजरायल पठाइदिने भन्दै रकम उठाएर ठगी गरेको आरोपमा पक्राउ परेका पाँच जनामाथि प्रहरीले अब संगठित अपराधको कसुरमा समेत अनुसन्धान अघि बढाएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुरुमा ठगीको कसुरमा अनुसन्धान थालेको थियो। तर अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता देखिएको र समूहगत रूपमा काम गरेको आधार भेटिएपछि संगठित अपराधसमेत जोडिएको सीआईबीले जनाएको छ।

सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले संगठित अपराधको कसुरमा समेत अनुसन्धान भइरहेको पुष्टि गरेका छन्। संगठित अपराधको कसुर जोडिएसँगै प्रहरीले अनुसन्धानका लागि कानुनअनुसार लामो अवधि हिरासतमा राख्न सक्ने हुन्छ।

यस प्रकरणमा हालसम्म नेपाली कांग्रेसका नेता भरतप्रसाद चौलागाईं, दोलखाकी बालिका शिवाकोटी, ज्ञानबहादुर कार्की, शिवराम श्रेष्ठ र कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यकी उम्मेदवार रहेकी विनिता खड्का पक्राउ परेका छन्। खड्का असोज २४ गते पक्राउ परेकी थिइन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सीआईबीका अनुसार पक्राउ परेकाहरूले नेपाल र इजरायल सरकारबीचको सम्झौताअन्तर्गत केयरगिभर प्रक्रियामा सहभागी तथा परीक्षा उत्तीर्ण व्यक्तिलाई लक्षित गरेको आरोप छ।

प्रहरी अनुसन्धानमा उनीहरूले प्रधानमन्त्रीका सल्लाहकारसँग चिनजान रहेको भन्दै प्रक्रिया छिटो गराइदिने र इजरायल पठाइदिने आश्वासन दिएर रकम उठाएको आरोप लागेको छ। यसअघि सीआईबीमा परेको उजुरीमा करिब २ करोड ५० लाख रुपैयाँ ठगी भएको दाबी गरिएको थियो।

सीआईबीले यसअघि पनि यो समूहबाट पीडित भएका व्यक्तिलाई प्रमाणसहित उजुरी दिन आह्वान गरेको थियो। अनुसन्धान विस्तार हुँदै जाँदा थप व्यक्ति र आर्थिक कारोबारको विवरणबारे समेत खोजी भइरहेको छ।

सुरुमा दुई जनाबाट अघि बढेको अनुसन्धानमा क्रमशः थप व्यक्तिको संलग्नता देखिएपछि पक्राउ संख्या पाँच पुगेको हो। अब प्रहरीको अनुसन्धान ठगीमा मात्र सीमित नभई रकम संकलन, समूहगत भूमिका र सम्भावित नेटवर्कतर्फ केन्द्रित भएको छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.