शुक्रबार, भाद्र १९,२०८३ 06:36:40
Bizshala
  • शुक्रबार, भाद्र १९,२०८३ 06:36:40
Bizshala
Global IME Bank Limited

रसुवा बाढीमा घाइते थप दुई जनाको उपचारका क्रममा मृत्यु

रसुवा बाढीमा घाइते थप दुई जनाको उपचारका क्रममा मृत्यु
New Office

 

काठमाण्डौ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ।

नेपाल प्रहरीका अनुसार काठमाडौंका दुई फरक अस्पतालमा उपचाररत घाइतेको शुक्रबार मृत्यु भएको हो।

एक जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ भने अर्का घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको अवस्थामा ज्यान गएको प्रहरीले जनाएको छ।

मृत्यु भएका दुवै व्यक्तिको परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन।

भदौ १० गते तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो। बाढीमा परेका सयौँ घाइतेको विभिन्न अस्पतालमा उपचार जारी छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

बाढी गएको १० दिन बितिसक्दा पनि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा बेपत्ताको पहिचान गर्ने काम जारी छ। पछिल्लो सरकारी विवरणअनुसार विपद्बाट मृत्यु हुनेको संख्या करिब १३ सय पुगेको छ भने हजारौँ व्यक्ति अझै सम्पर्कविहीन छन्।

उद्धार गरिएका तथा घाइते अवस्थाका व्यक्तिको उपचार काठमाडौंसहित विभिन्न जिल्लाका अस्पतालमा भइरहेको छ।

उपचाररत थप दुई घाइतेको मृत्यु भएसँगै बाढीबाट भएको मानवीय क्षतिको संख्या अझ बढेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.