बुधबार, भाद्र १०,२०८३ 08:31:04
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 08:31:04
Bizshala
Global IME Bank Limited

बाढी विपद्प्रति नेपाल विज्ञापन संघको गहिरो दुःख तथा ऐक्यबद्धता

बाढी विपद्प्रति नेपाल विज्ञापन संघको गहिरो दुःख तथा ऐक्यबद्धता
New Office

काठमाण्डौ। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति नेपाल विज्ञापन संघ (आन)ले गहिरो दुःख व्यक्त गरेको छ।

संघले विपदमा परी ज्यान गुमाएका सम्पूर्ण व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बाढीबाट घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

खोज तथा उद्धार कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा स्वयंसेवकप्रति संघले उच्च सम्मान व्यक्त गरेको छ।

Bizshala
CG Motors

विपद्को यस कठिन घडीमा प्रभावित परिवार तथा समुदायसँग पूर्ण ऐक्यबद्धता जनाउँदै संघले आवश्यकताअनुसार जनचेतना अभिवृद्धि, सूचना सम्प्रेषण, राहत तथा पुनःस्थापनाका कार्यमा आफ्नो क्षमता र पहुँचले भ्याएसम्म सहयोग तथा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

संघले सम्पूर्ण सञ्चारमाध्यम, उद्योग–व्यवसाय क्षेत्र, विज्ञापन क्षेत्र तथा आम नागरिकलाई मानवीय संवेदनशीलता र सामाजिक उत्तरदायित्वका साथ विपद् प्रभावित समुदायको सहयोगमा एकजुट हुनसमेत आह्वान गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.