आईतवार, आश्विन १८,२०८३ 08:49:42
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 08:49:42
Bizshala
Global IME Bank Limited

रसुवा बाढीपीडितको तत्काल उद्धार र राहतमा जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल

Bizshala
रसुवा बाढीपीडितको तत्काल उद्धार र राहतमा जुट्न घरेलु तथा साना उद्योग महासंघको अपिल
New Office

काठमाण्डौ। रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट भएको जनधनको क्षतिप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले दुस्ख व्यक्त गर्दै प्रभावित नागरिकको तत्काल उद्धार, राहत र पुनस्र्थापनाका लागि सरकारसँग आग्रह गरेको छ ।

महासंघले बाढीका कारण बस्ती, बजार, सडक, पुल, सरकारी तथा निजी संरचना, व्यवसायिक प्रतिष्ठान, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको जनाएको छ ।

कतिपय नागरिक तथा सुरक्षाकर्मीसमेत सम्पर्कविहीन रहेको अवस्थामा खोज तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन महासंघले सरकार, सुरक्षा निकाय, स्थानीय तह, निजी क्षेत्र तथा सामाजिक संघसंस्थालाई आग्रह गरेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

बाढीबाट प्रभावित घरेलु तथा साना उद्योग, व्यवसाय, पसल, होटल, पर्यटन व्यवसाय, कृषि तथा स्वरोजगारमा संलग्न उद्यमीको सम्पत्ति र व्यवसायमा पुगेको क्षतिको तत्काल यथार्थ विवरण संकलन गरी विशेष राहत तथा पुनस्र्थापनाको प्याकेज घोषणा गर्न महासंघले माग गरेको छ ।

महासंघले प्रभावित क्षेत्रमा फसेका नागरिक तथा व्यवसायीको तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा प्रभावित परिवारलाई खाद्यान्न, औषधि, कपडा, अस्थायी आवासलगायत अत्यावश्यक राहत सामग्री उपलब्ध गराउन आग्रह गरेको छ ।

त्यस्तै, क्षतिग्रस्त घरेलु तथा साना उद्योगको क्षति मूल्याङ्कन गरी विशेष राहत र पुनर्कर्जा कार्यक्रम सञ्चालन गर्न, प्रभावित उद्यमीले लिएका बैंक तथा वित्तीय संस्थाका कर्जाको पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न र ब्याजमा सहुलियत दिन सरकारसमक्ष माग गरिएको छ ।

पूर्ण रूपमा क्षति भएका उद्योग तथा व्यवसाय पुनस् सञ्चालनका लागि सहुलियतपूर्ण ऋण, अनुदान तथा आवश्यक उपकरण उपलब्ध गराउनुपर्ने महासंघको भनाइ छ । साथै, क्षतिग्रस्त सडक, पुल, विद्युत्, सञ्चार तथा खानेपानी संरचनाको आपत्कालीन मर्मत र पुनर्निर्माणलाई तीब्रता दिन पनि आग्रह गरिएको छ ।

आगामी दिनमा हुनसक्ने जोखिमलाई ध्यानमा राख्दै भोटेकोशी, त्रिशूलीलगायत नदी किनारका बस्ती तथा व्यवसायिक क्षेत्रमा प्रभावकारी पूर्वसूचना प्रणाली र विपद् जोखिम न्यूनीकरणका कार्यक्रम लागू गर्नुपर्ने महासंघले जनाएको छ ।

राहत तथा पुनस्र्थापनाका कार्यमा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न नेपाल घरेलु तथा साना उद्योग महासंघसँग समन्वय गर्न पनि सरकारलाई आग्रह गरिएको छ ।

महासंघले विपद्को यस घडीमा प्रभावित नागरिक, उद्योगी–व्यवसायी तथा उनीहरूका परिवारप्रति ऐक्यबद्धता व्यक्त गर्दै सरकार, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र, सामाजिक संघसंस्था तथा आम नागरिकबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको जनाएको छ । महासंघले प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यमा आफ्नो तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.