आईतवार, आश्विन १८,२०८३ 04:50:27
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 04:50:27
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीपीडितका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले एक करोड सहयोग गर्ने

Bizshala
भोटेकोशी बाढीपीडितका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले एक करोड सहयोग गर्ने
New Office

काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

कम्पनीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। विपद्को कठिन घडीमा प्रभावित परिवार तथा नागरिकको पीडा न्यूनीकरण गर्नुका साथै उद्धार, राहत र पुनर्स्थापनामा सरकारलाई साथ दिन सहयोग घोषणा गरिएको कम्पनीले जनाएको छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एक्स्ट्रिम इनर्जी ड्रिंक्सले बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति गहिरो समवेदना व्यक्त गरेको छ। विपद्मा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कम्पनीले ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरेको छ।

कम्पनीले आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा राहत कार्यमा निरन्तर खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सरकारी र गैरसरकारी निकायको योगदानप्रति उच्च सम्मान व्यक्त गरेको छ।

सामाजिक उत्तरदायित्वलाई प्रमुख प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै कम्पनीले राष्ट्रलाई आवश्यक परेका कठिन तथा संकटपूर्ण परिस्थितिमा नागरिक र समुदायको साथमा उभिँदै आएको जनाएको छ।

आगामी दिनमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.