काठमाण्डौ । रसुवा लगायत बाढी प्रभावित क्षेत्रको उद्धार, राहत तथा मानवीय सहायता कार्यका लागि गोल्छा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड ५० लाख सहयोग गर्ने घोषणा गरेको छ।
गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले रसुवा तथा अन्य प्रभावित क्षेत्रबाट सार्वजनिक भइरहेका तस्बिर तथा भिडियोले आफूहरूलाई गहिरो रूपमा स्तब्ध र दुःखी बनाएको बताएका छन्।
उनले बाढी तथा विपत्तिमा आफ्ना प्रियजन गुमाएका परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै अझै आफ्ना आफन्तको खबरको प्रतीक्षामा रहेका परिवारको पीडा र चिन्तामा आफूहरू साथमा रहेको बताएका छन्।
गोल्छाका अनुसार विपत्तिको यस्तो कठिन घडीमा उद्धार, राहत तथा प्रभावित परिवार र समुदायसम्म आवश्यक सहयोग पुर्याउनु सबैको पहिलो र साझा प्राथमिकता हुनुपर्छ।
निजी क्षेत्रले पनि सरकार र समुदायसँग हातेमालो गर्दै राहत तथा पुनर्स्थापनाका प्रयासमा सक्दो योगदान दिनुपर्नेमा उनले जोड दिएका छन्।
गोल्छा ग्रुपले बाढी प्रभावितहरूको उद्धार, राहत तथा मानवीय सहायता कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्न लागेको जनाएको छ।
गोल्छा ग्रुपले विपत्तिबाट प्रभावित सबै परिवार तथा समुदायप्रति आफ्नो साथ र ऐक्यबद्धता रहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।