Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 07:33:30
Bizshala
Global IME Bank Limited

भोटेकोशीमा पुनः बाढीको जोखिम, नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

भोटेकोशीमा पुनः बाढीको जोखिम, नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह
New Office

काठमाण्डौ । भोटेकोशी नदीमा पुनः बाढीको जोखिम देखिएपछि तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार चीनतर्फबाट परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनामा भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणका आधारमा भदौ १० गते बाढी आएको स्थानमा नदी थुनिएर ताल बनेको जनाइएको छ।

उक्त तालको पानीको सतह बढिरहेको र ताल फुट्ने जोखिमसमेत रहेको सूचनामा उल्लेख छ। ताल फुटेमा भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रमा अचानक ठूलो बाढी आउन सक्ने सम्भावना रहेको भन्दै सम्बन्धित सबैलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको हो।

Bizshala
CG Motors

महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिएका उद्धारकर्ता तथा अन्य सम्बन्धित व्यक्तिलाई नदी किनार र जोखिमयुक्त क्षेत्रबाट टाढा रही सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।

यसअघि भाद्र १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। पछिल्लो सूचनापछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय बासिन्दा तथा उद्धार टोलीलाई थप सतर्क गराइएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.