आईतवार, आश्विन १८,२०८३ 06:20:49
Bizshala
  • आईतवार, आश्विन १८,२०८३ 06:20:49
Bizshala
Global IME Bank Limited

बाढीपीडितका नाममा ‘QR ठगी’को जोखिम, सरकारले भन्यो– व्यक्तिगत खातामा पैसा नहाल्नू

Bizshala
बाढीपीडितका नाममा ‘QR ठगी’को जोखिम, सरकारले भन्यो– व्यक्तिगत खातामा पैसा नहाल्नू
New Office

 

काठमाण्डौ । भोटेकोशी बाढी पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका नाममा व्यक्ति, समूह तथा संस्थाले आफूखुसी आर्थिक सहयोग सङ्कलन गर्न थालेपछि प्रधानमन्त्रीको सचिवालयले त्यस्ता गतिविधिबाट सचेत रहन आग्रह गरेको छ।

कतिपय व्यक्ति तथा समूहले व्यक्तिगत बैंक खाता र अनधिकृत क्यूआर कोड सार्वजनिक गरी रकम सङ्कलन गरिरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको सचिवालयले जनाएको छ।

विपद्को संवेदनशील अवस्थाको फाइदा उठाएर वित्तीय ठगी हुन सक्ने जोखिम रहेको भन्दै सरकारले सार्वजनिक गरेका आधिकारिक बैंक खाता र क्यूआर कोडमार्फत मात्रै सहयोग गर्न अनुरोध गरिएको छ।

सचिवालयले राहतका नाममा सङ्कलन हुने रकम पारदर्शी रूपमा प्रयोग होस्, सही व्यवस्थापन होस् र दाताहरू ठगीमा नपरून् भन्ने उद्देश्यले आधिकारिक सरकारी कोषमार्फत मात्र आर्थिक सहयोग गर्न आग्रह गरेको हो।

प्रधानमन्त्री सचिवालयका अनुसार सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषका आधिकारिक खातामा रकम जम्मा गर्न सक्नेछन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यी हुन् आधिकारिक खाता

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष

हिमालयन बैंक लिमिटेड (डलर खाता) : ०१९०५६३१२१००४६

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड : ०१०१३२४३८०१, ०२०१३२४३८०१

राष्ट्रिय वाणिज्य बैंक : ११३०१००००३७६२००१, ११३०१०००००००६०६

एभरेष्ट बैंक लिमिटेड : ००१००१०५२००२७०, ००१०११०२२०००१२

नेपाल बैंक लिमिटेड : ००२११६००५१००३९०००००३, ००२००१००५१००३९०००००१

ग्लोबल आइएमई बैंक लिमिटेड : ००४०१०१०००००५७, ००४११०१००००००५

नबिल बैंक लिमिटेड : १७१००१७५०५२८५

कृषि विकास बैंक लिमिटेड : ०१००२०१००२९०७०१४

यसैगरी प्रधानमन्त्री राहत कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेका खाता नम्बर १४३०१००००००२५००६ र १४३०१००००११६४००१ मा पनि सहयोग जम्मा गर्न सकिने सचिवालयले जनाएको छ।

सरकारले बाढीपीडितलाई सहयोग गर्ने नाममा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट सार्वजनिक गरिएका व्यक्तिगत क्यूआर कोड तथा बैंक खातामा रकम पठाउनुअघि त्यसको आधिकारिकता पुष्टि गर्न आग्रह गरेको छ।

विपद्को समयमा सहयोग आवश्यक भए पनि सहयोगको नाममा हुन सक्ने ठगी र अनियमितताबाट जोगिन आधिकारिक सरकारी संयन्त्रमार्फत मात्रै रकम उपलब्ध गराउन सचिवालयको आग्रह छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.