काठमाडौं । आर्या फार्माल्याव प्रालिले बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकको उपचारका लागि ८२ लाख ५१ हजार ७५० रुपैयाँबराबरका औषधि नेपाल सरकारलाई उपलब्ध गराएको छ।
कम्पनीले विपद् प्रभावित क्षेत्रमा रहेका स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकमार्फत बिरामीको उपचारमा प्रयोग हुने आवश्यक औषधि सहयोगस्वरूप प्रदान गरेको हो।
विपद्का बेला प्रभावित नागरिकलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न सहयोग गरिएको कम्पनीले जनाएको छ। स्वास्थ्य चौकी र स्वयंसेवकमार्फत ती औषधि वितरण हुँदा प्रभावित समुदायले तत्काल उपचार सेवा प्राप्त गर्न सहज हुने कम्पनीको विश्वास छ।
प्रभावित नागरिकको उपचारका लागि थप सहयोग आवश्यक परे स्वास्थ्य उपकरण तथा औषधिसमेत उपलब्ध गराउने प्रतिबद्धता आर्या फार्माल्यावले व्यक्त गरेको छ।
बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिक र परिवारप्रति ऐक्यबद्धता जनाउँदै कम्पनीले उनीहरूको स्वास्थ्य सुरक्षा तथा राहत र पुनर्स्थापनाका कार्यमा निरन्तर साथ दिने जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।