Bizshala
  • आईतवार, भाद्र १४,२०८३ 03:37:23
Bizshala
Global IME Bank Limited

हिमालयन लाइफका कर्मचारीको मानवीय पहल, रसुवा बाढीपीडितलाई करिब ८ लाखको राहत सामग्री

कर्मचारीबाट स्वेच्छिक रूपमा संकलित खाद्यान्न र लत्ताकपडा नेपाली सेनामार्फत प्रभावित क्षेत्रमा पठाइने

हिमालयन लाइफका कर्मचारीको मानवीय पहल, रसुवा बाढीपीडितलाई करिब ८ लाखको राहत सामग्री
New Office

 

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि करिब ८ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग गरेका छन्।

विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत पुर्‍याउने उद्देश्यले कर्मचारीहरूले स्वेच्छिक रूपमा संकलन गरेको खाद्यान्न तथा लत्ताकपडा नुवाकोटमा रहेको नेपाली सेनालाई हस्तान्तरण गरिएको हो।

कम्पनीका कर्मचारीले उपलब्ध गराएको राहत सामग्री नेपाली सेनामार्फत रसुवाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पुर्‍याइने जनाइएको छ।

बाढीपहिरोका कारण प्रभावित क्षेत्रका नागरिकको दैनिक जीवन कष्टकर बनेको अवस्थामा तत्काल आवश्यक सामग्री उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूले आफ्नै पहलमा राहत संकलन गरेका हुन्।

Bizshala
CG Motors

संकलित राहत सामग्रीमा दैनिक उपभोगका खाद्यान्न तथा आवश्यक लत्ताकपडा समावेश छन्। नेपाली सेनामार्फत वितरण गरिने भएकाले वास्तविक प्रभावित परिवारसम्म राहत पुग्ने विश्वास गरिएको छ।

हिमालयन लाइफका कर्मचारीहरूले विपद्को कठिन घडीमा प्रभावित परिवारको साथमा उभिनु मानवीय तथा सामाजिक दायित्व भएको बताएका छन्।

उनीहरूले विपद्का बेला सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहकार्यको भावनासहित आवश्यक सहयोगलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

रसुवामा आएको विनाशकारी बाढीपहिरोपछि प्रभावितहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सरकारी निकायसँगै निजी क्षेत्र, वित्तीय संस्था, कर्मचारी तथा विभिन्न संघसंस्थाबाट सहयोग जुट्ने क्रम जारी छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.