Bizshala
  • सोमबार, भाद्र १५,२०८३ 02:18:27
Bizshala
Global IME Bank Limited

नेपालको पीडामा बंगलादेशको संसद् पनि भावुक, रसुवा बाढीका मृतकप्रति शोक प्रस्ताव

नेपालको पीडामा बंगलादेशको संसद् पनि भावुक, रसुवा बाढीका मृतकप्रति शोक प्रस्ताव
New Office

 

काठमाण्डौ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाउनेहरूप्रति बंगलादेशको संसद्ले गहिरो शोक व्यक्त गर्दै शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

नेपालले ठूलो मानवीय र भौतिक क्षति बेहोरेको कठिन घडीमा बंगलादेशको संसद्ले औपचारिक रूपमा नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको हो।

शोक प्रस्तावमाथिको छलफलपछि सांसदहरूले बाढीमा ज्यान गुमाउनेहरूको सम्मानमा एक मिनेट मौन धारण गरेका थिए। त्यसपछि दिवंगत आत्माको चीरशान्तिका लागि प्रार्थना गरिएको थियो। उक्त प्रार्थनाको सञ्चालन बंगलादेशका धार्मिक मामिला मन्त्री काजी शाह मोफज्जल हुसेनले गरेका थिए।

बंगलादेशको संसद्का सभामुख हाफिज उद्दीन अहमदले पनि नेपालमा बाढी तथा पहिरोका कारण भएको ठूलो मानवीय क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

उनले शोक सन्देशमार्फत मृतकका परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

भदौ १० गते रसुवाको गोसाइँकुण्ड गाउँपालिका क्षेत्रमा आएको भीषण बाढीले भोटेकोशी नदीको बहाव अस्वाभाविक रूपमा बढाउँदा ठूलो जनधनको क्षति भएको थियो। बाढीसँगै आएको गेग्रान र तीव्र बहावले नदी किनारका बस्ती, सडक, पुल, जलविद्युत् आयोजना तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको छ।

Bizshala
CG Motors

कैलाश–मानसरोवर यात्रामा रहेका पर्यटकसमेत विपत्तिबाट प्रभावित भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म बाढीबाट ज्यान गुमाएकामध्ये ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २२७ जना अझै सम्पर्कविहीन छन्।

अहिलेसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ। पहिचान हुन नसकेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएका छन्। २६७ जना घाइते भएकामा १५६ जना उपचारपछि घर फर्किसकेका छन्।

खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको छ। तीमध्ये नेपाली सेनाका ८ हजार ७२२, नेपाल प्रहरीका ७ हजार ८९४ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना खटिएका छन्।

नेपालले अभूतपूर्व प्राकृतिक विपत्तिको सामना गरिरहेका बेला बंगलादेशको संसद्बाट पारित शोक प्रस्तावलाई दुई देशबीचको मित्रता र मानवीय ऐक्यबद्धताको महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.