बंगलादेश संकटका कारण नेपाललाई ३ अर्बभन्दा बढी घाटा
काठमाण्डौ। बंगलादेशमा उत्पन्न द्वन्द्व र राजनीतिक उथलपुथलका बीचमा त्रासको वातावरण सिर्जना भएको छ। विद्यार्थी आन्दोलनले शेख हसिनाको सरकार ढालिदिएपछि बंगलादेश अहिले विश्वको नजरमा परेको छ। हसिना देश छोडेर भागेपछि बंगलादेश अस्थिर र अशान्त छ। नेपालले बंगलादेशबाट धेरै कम मात्रमा समान ल्याउने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ। विभागका अनुसार गत वर्ष जम्मा ४ अर्ब...