काठमाण्डौ। बंगलादेशमा उत्पन्न द्वन्द्व र राजनीतिक उथलपुथलका बीचमा त्रासको वातावरण सिर्जना भएको छ। विद्यार्थी आन्दोलनले शेख हसिनाको सरकार ढालिदिएपछि बंगलादेश अहिले विश्वको नजरमा परेको छ। हसिना देश छोडेर भागेपछि बंगलादेश अस्थिर र अशान्त छ।
नेपालले बंगलादेशबाट धेरै कम मात्रमा समान ल्याउने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ। विभागका अनुसार गत वर्ष जम्मा ४ अर्ब २२ करोड ५६ लाख रुपैयाँ बराबरको मात्र मालवस्तु आयात भएको छ।
यो अवधिमा नोपलबाट ५५ करोड ४६ लाख ४८ हजार रुपैयाँ बराबरको निर्यात भएको छ। आयात र निर्यातको रुपमा आधार हेर्ने हो भने नेपालको बंगलादेशसँग ३ अर्ब ६७ करोड रुपैयाँ व्यापार घाटामा छ।
बंगलादेशबाट विविध पशुपन्छी, आलु, स्ट्रेप्सील, टोस्डेट ब्रेड, क्रिप्स, कच्चा जुट, सर्जिकल उपचार सामाग्री, केही औषधि र जुस जस्ता समानहरु नेपाल आयात हुन्छन्। तर नेपालबाट भने मोलासिस, मुसुरोको दाल, उपचार सामाग्री खयर जस्ता सामानहरु निर्यात हुन्छन्।
बंगलादेशबाट अघिल्लो वर्ष ९२०७९/८०० ६ अर्ब बढीको सामान आयात भएको थियो भने नेपालबाट ५७ करोड ४० लाख रुपैयाँको मालवस्तु निर्यात भएको थियो। यो अवधिमा ५ अर्ब ४७ करोड रुपैयाँ व्यापार घाटा थियो।