बुधबार, भाद्र ३,२०८३ 03:07:28
Bizshala
  • बुधबार, भाद्र ३,२०८३ 03:07:28
Bizshala
Global IME Bank Limited

भारत र बंगलादेशबीचको व्यापार ठप्प, तरकारी र फलफूल सड्ने डर

भारत र बंगलादेशबीचको व्यापार ठप्प, तरकारी र फलफूल सड्ने डर
New Office

काठमाण्डौ। बंगलादेशमा भएको ‘कु’ पछि भारत र बंगलादेशबीचको व्यापारमा मन्दी आउन थालेको छ। छिमेकी मुलुकमा जारी राजनीतिक सङ्कटका कारण दुई देशबीचको द्विपक्षीय व्यापार केही समयका लागि ठप्प भएको छ।

तर, छिट्टै स्थिति नियन्त्रणमा आउने र व्यापार पुनः सामान्य हुन सक्ने निर्यातकर्ताको अपेक्षा छ। उसो त बंगलादेशको समस्या राजनीतिक संकटमा मात्र सीमित छैन। 

Bizshala
CG Motors

बंगलादेशमा विदेशी मुद्रा सङ्कटले पनि व्यापार गर्न समस्या भइरहेको निर्यातकर्ताहरू बताउँछन्।

बंगलादेशमा यसअघि नै डलरको चर्को अभाव भएकाले देशको आयात क्षमता प्रभावित भएको र भारतलगायत अन्य मुलुकबाट आयात घटेको हो।

बंगलादेश डलरको अभावले समस्यामा  

बंगलादेश दक्षिण एसियामा भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। भारतका सबै छिमेकी राष्ट्रहरूमध्ये बंगलादेश दोस्रो स्थानमा छ।

तथ्याङ्कको हिसाबले २०२३/२४ मा भारतबाट बंगलादेशमा ११ अर्ब डलर निर्यात भएको थियो। 

जुन २०२२/२३ मा १२.२१ अर्ब डलर थियो। योसँगै बंगलादेशबाट गत वर्ष १ अर्ब ८४ करोड डलरको आयात भएको थियो,भने दुई वर्षअघि २ अर्ब डलर रहेको थियो। 

तर, जारी संकटका कारण सीमानाकाबाट मालसामानको आवतजावत ठप्प हुँदा तरकारी र फलफूललगायत नाश हुने वस्तुलाई सीमा पार गर्न कठिनाइ भइरहेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.