सोमबार, भाद्र १५,२०८३ 06:27:27
Bizshala
  • सोमबार, भाद्र १५,२०८३ 06:27:27
Bizshala
Global IME Bank Limited

जिरोङमा फेरि वर्षाको जोखिम, ब्यारियर लेकको सतह बढ्न सक्ने चेतावनी

जिरोङमा फेरि वर्षाको जोखिम, ब्यारियर लेकको सतह बढ्न सक्ने चेतावनी
New Office

 

काठमाण्डौ । चीनको मौसम विज्ञान प्रशासनले नेपाल–चीन सीमासँग जोडिएको जिरोङ क्षेत्रमा थप वर्षा हुने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन चेतावनी दिएको छ।

मौसम पूर्वानुमानअनुसार जिरोङ तथा दक्षिणपूर्वी तिब्बतका केही क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुन सक्नेछ। विपद्बाट प्रभावित जिरोङ बन्दरगाहतर्फ जाने सडकसमेत वर्षाका कारण चिप्लो र जोखिमपूर्ण बन्न सक्ने जनाइएको छ।

प्रशासनका अनुसार जिरोङ क्षेत्रमा तापक्रम करिब ८ डिग्री सेल्सियससम्म झर्न सक्नेछ। दिन र रातको तापक्रममा ठूलो अन्तर रहने तथा मौसम थप चिसो र ओसिलो हुन सक्ने पूर्वानुमान छ।

सबैभन्दा ठूलो चिन्ता भने पहिरोपछि बनेको अवरोध ताल अर्थात् ‘ब्यारियर लेक’ लाई लिएर देखिएको छ।

Bizshala
CG Motors

निरन्तर वर्षा भए उक्त तालमा पानीको सतह थप बढ्न सक्ने र क्षमताभन्दा बढी पानी जम्मा भएर बाहिर निस्किए तल्लो क्षेत्रमा फेरि ठूलो बहाव सिर्जना हुन सक्ने जोखिम औंल्याइएको छ।

यही जोखिमका कारण चिनियाँ पक्षले यसअघि केही समय खोज तथा उद्धार कार्यसमेत स्थगित गरेको थियो।

पछिल्लो पहिरो र बाढीले जिरोङ बन्दरगाह क्षेत्र तथा नेपालतर्फको भोटेकोशी–त्रिशूली नदी प्रणालीमा गम्भीर प्रभाव पारेको अवस्थामा नयाँ वर्षाको पूर्वानुमानले थप चिन्ता बढाएको हो।

विशेषगरी अवरोध तालको पानीको सतह, पहिरो प्रभावित भूभाग र नदीको बहावलाई निरन्तर निगरानीमा राख्नुपर्ने अवस्था देखिएको छ।

थप वर्षा भए उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा समेत कठिनाइ थपिन सक्ने भएकाले सीमावर्ती क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.