काठमाण्डौ । भदौ १० गते आएको बाढीपहिरोका कारण ज्यान गुमाएका व्यक्तिको सम्मानपूर्वक अन्त्येष्टिका लागि पशुपति क्षेत्र विकास कोषले दाहसंस्कार तथा कृयापुत्री सेवासम्बन्धी सम्पूर्ण शुल्क निःशुल्क गर्ने व्यवस्था गरेको छ।
विपद्का कारण दिवंगत भएकाहरूका परिवारलाई अन्त्येष्टि कार्यमा आर्थिक भार नपरोस् भन्ने उद्देश्यले पशुपति क्षेत्र विकास कोषले यस्तो व्यवस्था गरेको हो।
कोषका अनुसार बाढीपहिरोमा परी मृत्यु भएका व्यक्तिका परिवारजनलाई आवश्यक सहजीकरण गर्दै धार्मिक तथा सामाजिक परम्पराअनुसार अन्त्येष्टि कार्य सम्पन्न गर्न निःशुल्क सेवा उपलब्ध गराइनेछ।
बाढीपहिरोबाट प्रभावित परिवारलाई विपद्को समयमा थप आर्थिक तथा मानसिक भार नपरोस् र दिवंगत व्यक्तिको सम्मानपूर्वक अन्त्येष्टि गर्न सहज होस् भन्ने उद्देश्यले उक्त निर्णय गरिएको कोषले जनाएको छ।
निःशुल्क दाहसंस्कार तथा कृयापुत्री सेवासम्बन्धी थप जानकारी तथा आवश्यक समन्वयका लागि ९८५१०६४२७४ मा अधिकारीसँग सम्पर्क गर्न सकिनेछ। यस्तै, पशुपति क्षेत्र विकास कोषको कार्यालयमा ०१४५७१८२८ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।
बाढीपहिरोका कारण प्रभावित परिवारलाई धार्मिक तथा सामाजिक संस्कार पूरा गर्न सहज बनाउने उद्देश्यले गरिएको यो व्यवस्थाले विपद्बाट शोकमा परेका परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।