मंगलवार, भाद्र १६,२०८३ 11:22:24
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 11:22:24
Bizshala
Global IME Bank Limited

बाढी प्रभावित बालबालिकाको फोटो–भिडियो सामाजिक सञ्जालमा नराख्न अपिल

बाढी प्रभावित बालबालिकाको फोटो–भिडियो सामाजिक सञ्जालमा नराख्न अपिल
New Office

काठमाण्डौ । राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल र सञ्चार माध्यममा सार्वजनिक नगर्न अपिल गरेको छ।

परिषद्का अधिकृत तथा सूचना अधिकारी रामबहादुर चन्दले सोमबार विज्ञप्ति जारी गर्दै बाढीबाट प्रभावित बालबालिकाको गोपनीयता, मर्यादा र बाल अधिकारको संरक्षणप्रति संवेदनशील हुन सबै पक्षलाई आग्रह गरेका हुन्।

गत बुधबार आएको बाढीपछि प्रभावित बालबालिकाको उद्धार, राहत, सहयोग तथा अन्य सेवा उपलब्ध गराइएका दृश्यहरू फोटो तथा भिडियोका रूपमा सामाजिक सञ्जालमा पोस्ट नगर्न परिषद्ले अनुरोध गरेको छ।

Bizshala
CG Motors

परिषद्ले फेसबुक, मेसेन्जर, युट्युब, टिकटक, इन्स्टाग्राम, मेटा, लिङ्क्डइन, थ्रेड्स, स्न्यापच्याट, भाइबर, ह्वाट्सएप, एक्स ९ट्विटर० लगायत कुनै पनि सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा त्यस्ता सामग्री सार्वजनिक नगर्न आग्रह गरेको हो।

परिषद्का अनुसार विपद्को समयमा बालबालिकाको पहिचान, अवस्था र व्यक्तिगत विवरण सार्वजनिक हुँदा उनीहरूको गोपनीयता तथा मर्यादामा असर पर्न सक्ने भएकाले यस विषयमा विशेष सावधानी आवश्यक छ।

बालबालिकाको गोपनीयता र मर्यादाको सम्मान तथा संरक्षण गर्नु प्रत्येक व्यक्ति तथा संस्थाको कर्तव्य रहेको परिषद्ले स्पष्ट पारेको छ।

परिषद्ले कुनै पनि व्यक्ति वा संस्थालाई पीडित तथा प्रभावित बालबालिकाको फोटो तथा भिडियो आफैं पोस्ट नगर्न र अरूबाट समेत पोस्ट नगराउन आग्रह गरेको छ। विपद् प्रभावित बालबालिकाको उद्धार तथा राहतका गतिविधि सार्वजनिक गर्दा समेत बाल अधिकार र गोपनीयताको पूर्ण सम्मान गर्न परिषद्ले सबै सम्बन्धित पक्षलाई अपिल गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.