मंगलवार, भाद्र १६,२०८३ 05:16:40
Bizshala
  • मंगलवार, भाद्र १६,२०८३ 05:16:40
Bizshala
Global IME Bank Limited

विपद्का कारण ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ स्थगित

विपद्का कारण ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ स्थगित
New Office

काठमाण्डौ । सरकारले सञ्चालन गर्दै आएको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत आज सार्वजनिक गर्ने भनिएको चिठ्ठाको नतिजा तत्कालका लागि स्थगित गरिएको छ।

आन्तरिक राजस्व विभागले विपद्को वर्तमान अवस्थालाई मध्यनजर गर्दै मंगलबार सार्वजनिक गर्ने तय भएको चिठ्ठाको नतिजा स्थगित गरिएको जनाएको हो।

कार्यक्रमअन्तर्गत यसअघि दुई चरणमा चिठ्ठा खोलिसकिएको छ। पछिल्लो चरणका लागि भदौ १५ गतेसम्मका योग्य कारोबारबाट तयार भएका कुपन सोमबार चिठ्ठामार्फत छनोट गरिएको थियो। ती कुपनबाट छनोट भएका विजेताको नाम मंगलबार सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको थियो।

तर, मुलुकको वर्तमान विपद्को अवस्थालाई ध्यानमा राख्दै नतिजा सार्वजनिक गर्ने कार्यक्रम स्थगित गरिएको विभागले जनाएको छ।

Bizshala
CG Motors

नतिजा स्थगित भए पनि योग्य कारोबारका आधारमा कुपन तयार हुने प्रक्रिया भने निरन्तर सञ्चालन हुने विभागले स्पष्ट पारेको छ। प्रणालीमा योग्य कारोबारका आधारमा नयाँ कुपन थपिँदै जाने र हाल तयार भएका कुपन सुरक्षित रहने जनाइएको छ।

स्थगित भएको कार्यक्रम र त्यसपछिको अर्को चरणको नतिजा एकैपटक सार्वजनिक गर्ने तयारी गरिएको छ। नतिजा सार्वजनिक गर्ने नयाँ मिति तथा संयुक्त चिठ्ठामा समेटिने कारोबारको अवधिलगायत विषयमा विभागले औपचारिक सूचना जारी गरेर जानकारी गराउनेछ।

सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ सञ्चालन गर्दै आएको हो।

कार्यक्रमअन्तर्गत योग्य कारोबार गर्ने उपभोक्तालाई कुपन उपलब्ध गराइन्छ। ती कुपनमध्येबाट चिठ्ठामार्फत विजेता छनोट गरी नगद पुरस्कार प्रदान गर्ने व्यवस्था छ।

विभागका अनुसार मंगलबारको चिठ्ठा स्थगित भए पनि यस अवधिमा योग्य बिल काट्ने उपभोक्ताको सहभागितामा भने कुनै असर पर्ने छैन। योग्य कारोबारका आधारमा प्रणालीमा कुपन थपिने प्रक्रिया नियमित रूपमा जारी रहनेछ।

विभागले आगामी औपचारिक सूचनामार्फत स्थगित चिठ्ठाको नयाँ मिति र त्यसमा समेटिने अवधिबारे स्पष्ट जानकारी दिने जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.