बुधबार, भाद्र १७,२०८३ 11:25:01
Bizshala
  • बुधबार, भाद्र १७,२०८३ 11:25:01
Bizshala
Global IME Bank Limited

भोटेकोसी बाढीमा मृत्यु भएका सात शव तानसेनमा व्यवस्थापन

भोटेकोसी बाढीमा मृत्यु भएका सात शव तानसेनमा व्यवस्थापन
New Office

काठमाण्डौ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु भएका सात जनाको शव पाल्पाको तानसेनमा व्यवस्थापन गरिएको छ। नवलपुरमा फेला परेका ती शव आवश्यक प्रक्रिया पूरा गरी पाल्पा ल्याइएको थियो।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकपछि तानसेन–१, गोर्खेकोटस्थित सामुदायिक वन क्षेत्रमा सातवटै शवको व्यवस्थापन गरिएको हो। पाल्पा ल्याइएका पहिचान नखुलेका आठ शवमध्ये सात जनाको डीएनए परीक्षण तथा हुलिया संकलन गरी निर्धारित मापदण्डअनुसार व्यवस्थापन गरिएको हो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार व्यवस्थापन गरिएका शवमध्ये एक बालक, तीन पुरुष, दुई महिला र एक बालिका रहेका छन्।

यसैबीच, पाल्पा ल्याइएकामध्ये एक महिलाको शव भने पहिचान भएको छ। पहिचान खुलेपछि उनको शव नुवाकोटबाट आएका आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.