बिहीबार, भाद्र १८,२०८३ 12:04:40
Bizshala
  • बिहीबार, भाद्र १८,२०८३ 12:04:40
Bizshala
Global IME Bank Limited

बेपत्ताको खोजी तीव्र बनाउन र राहतमा समान पहुँच र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल

बेपत्ताको खोजी तीव्र बनाउन र राहतमा समान पहुँच र बाल संरक्षणलाई प्राथमिकता दिन सिजपको अपिल
New Office

काठमाण्डौ। रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको एक साता बितिसक्दा पनि प्रभावित परिवार तथा समुदायको अवस्था पीडादायी र चुनौतीपूर्ण रहेको भन्दै बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बेपत्ता व्यक्तिको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी र निरन्तर बनाउन सरकार तथा सम्बन्धित सरोकारवालासँग आग्रह गरेको छ।

सिजपले विज्ञप्ति जारी गर्दै प्रभावित सबै क्षेत्रमा आवश्यक राहत तथा मानवीय सहायता समान रूपमा पुर्याउन सरकारी तथा सुरक्षा निकाय, स्थानीय तह, नागरिक समाज र मानवीय संस्थाहरूको ध्यानाकर्षण गराएको हो। विपद्को प्रभावमा रहेका बालबालिकाको सुरक्षा, स्वास्थ्य, पोषण, संरक्षण तथा शिक्षालाई विशेष प्राथमिकतामा राख्नुपर्ने अभियानको भनाइ छ।

परिवारबाट छुट्टिएका वा अभिभावक गुमाएका बालबालिकाको तत्काल पहिचान गरी सुरक्षित संरक्षण, परिवारसँग पुनर्मिलन तथा आवश्यक स्वास्थ्य र मनोसामाजिक सहयोगको व्यवस्था गर्न पनि सिजपले आग्रह गरेको छ। विपद्को समयमा बालबालिका बेचबिखन तथा ओसारपसारको जोखिममा पर्न सक्ने भएकाले उनीहरूको सुरक्षामा विशेष सतर्कता अपनाउनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

विपद्का कारण प्रभावित बालबालिकामा देखिन सक्ने डर, तनाव, चिन्ता तथा मानसिक आघातलाई सम्बोधन गर्न बालमैत्री मनोसामाजिक परामर्श तथा सहयोगलाई राहत र पुनर्स्थापनाको अभिन्न अंग बनाउनुपर्ने सिजपले जनाएको छ।

यसैगरी, विपद्को समयमा पीडित तथा प्रभावित व्यक्तिको गोपनीयता, मर्यादा र सम्मानको अधिकार संरक्षण गर्न पनि अभियानले आग्रह गरेको छ। सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा पीडित बालबालिका तथा परिवारका तस्वीर, भिडियो वा संवेदनशील अवस्थालाई अनुमति र आवश्यक संवेदनशीलताबिना सार्वजनिक गर्दा उनीहरूमा थप मानसिक तनाव सिर्जना हुन सक्ने भन्दै सिजपले जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जाल प्रयोगमा जोड दिएको छ।

बेपत्ता भएका व्यक्तिको खोजी तथा बेवारिसे शव व्यवस्थापनका क्रममा उत्पन्न हुन सक्ने दुर्गन्ध तथा स्वास्थ्य जोखिमबाट बच्न र त्यस्ता स्थानमा बालबालिका पुग्दा उनीहरूको मानसिक स्वास्थ्यमा पर्न सक्ने असरप्रति समेत सम्बन्धित सबै सचेत हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

सिजपले बालबालिका तथा विपद् प्रभावित व्यक्तिको पहिचान, तस्वीर र व्यक्तिगत विवरणको जिम्मेवार तथा संवेदनशील प्रयोग गर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सबै सरोकारवालालाई अपिल गरेको छ। साथै, राष्ट्रिय मानव अधिकार आयोगलाई बालबालिकाको अवस्थालाई विशेष प्राथमिकतामा राख्दै प्रभावकारी अनुगमन गर्न तथा सरकारलाई आवश्यक सिफारिस र मार्गदर्शन गर्न आग्रह गरेको छ।

विपद्सम्बन्धी सूचना तथा राहतको अवस्थाबारे आधिकारिक र विश्वसनीय स्रोतबाट प्राप्त सूचनालाई प्राथमिकता दिन तथा अपुष्ट सूचना र अफवाह फैलिन नदिन पनि सिजपले सबैमा अनुरोध गरेको छ। प्रभावित समुदायको संवेदनशीलतालाई सम्मान गर्दै राहत, उद्धार र पुनर्स्थापनाका कार्यलाई प्रभावकारी बनाउन सबै पक्षबीच समन्वय आवश्यक रहेको अभियानले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.