काठमाण्डौ । रसुवा जिल्लाको भोटेकोशी क्षेत्रमा हालै आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेडले दुःख व्यक्त गर्दै विपद् प्रभावितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले बाढीबाट प्रभावित नागरिक तथा परिवारले भोग्नुपरेको पीडा र कठिन परिस्थितिप्रति हार्दिक संवेदना प्रकट गर्दै राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रु. १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको जनाएको छ।
विपदबाट प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनःउत्थानका लागि भइरहेका सामूहिक प्रयासमा आफ्नो सहयोगले केही योगदान पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ।
कम्पनीले प्रभावित समुदायको जनजीवनलाई क्रमशः सामान्य अवस्थामा फर्काउन आवश्यक पहल तथा सहकार्य निरन्तर अघि बढ्नुपर्नेमा जोड दिएको छ। साथै, पुनःस्थापना तथा पुनःउत्थानका प्रयासलाई प्रभावकारी बनाउन सम्बन्धित सबै पक्षबीचको सहकार्य अझ सुदृढ र निरन्तर बन्नुपर्ने अपेक्षा व्यक्त गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।