शुक्रबार, भाद्र १९,२०८३ 04:28:26
Bizshala
  • शुक्रबार, भाद्र १९,२०८३ 04:28:26
Bizshala
Global IME Bank Limited

एफवानसफ्ट ग्रुपको १ करोड ३५ लाख सहयोग, इसेवा–फोनपेमार्फत सर्वसाधारणबाट अर्बौं संकलन

एफवानसफ्ट ग्रुपको १ करोड ३५ लाख सहयोग, इसेवा–फोनपेमार्फत सर्वसाधारणबाट अर्बौं संकलन
New Office

 

काठमाण्डौ । बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि एफवानसफ्ट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ।

समूहअन्तर्गतका इसेवा, फोनपे, एफवानसफ्ट इन्टरनेशनल, इसेवा मनि ट्रान्स्फर तथा अन्य कम्पनी र तिनमा कार्यरत कर्मचारीहरूको संयुक्त पहलमा उक्त रकम उपलब्ध गराइएको हो।

एफवानसफ्ट ग्रुपले बाढी प्रभावित परिवार तथा समुदायसँग ऐक्यबद्धता जनाउँदै राहत र पुनःस्थापनाका काममा सहयोग पुर्‍याउने उद्देश्यले कम्पनी र कर्मचारीको संयुक्त योगदान गरिएको जनाएको छ।

समूहले संस्थागत सहयोगसँगै डिजिटल प्लेटफर्ममार्फत सर्वसाधारणबाट भइरहेको ठूलो जनसहभागिताको विवरण पनि सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार इसेवामार्फत हालसम्म १ लाख २९ हजार १३ जना प्रयोगकर्ताले बाढीपीडितका लागि ९ करोड ७० लाख रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै, फोनपेमार्फत ८ लाख ६२ हजार ४४५ प्रयोगकर्ताले २ अर्ब १९ करोड रुपैयाँ सहयोग गरेका छन्। फोनपेमार्फत आएको रकममा विदेशबाट गरिएको योगदानसमेत समावेश छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

भारतबाट एनपीसीआई–इन्टिग्रेटेड पेमेन्ट प्रणालीमार्फत १९ हजार ८५८ प्रयोगकर्ताले ४ करोड २२ लाख रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै चीन तथा दक्षिणपूर्वी एसियाबाट अलिपेमार्फत २ हजार ९६५ प्रयोगकर्ताले १ करोड ६३ लाख रुपैयाँ बराबरको सहायता पठाएको एफवानसफ्ट ग्रुपले जनाएको छ।

यसरी हेर्दा एफवानसफ्ट ग्रुपअन्तर्गतका डिजिटल भुक्तानी प्लेटफर्महरू विपद्को समयमा राहत रकम संकलन गर्ने महत्वपूर्ण माध्यमका रूपमा समेत प्रयोग भएका छन्।

ग्रुपले फोनपे र इसेवामार्फत व्यक्तिगत रूपमा सहयोग गर्ने सबै प्रयोगकर्ताप्रति आभार व्यक्त गरेको छ।

साथै, प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनामा खटिएका सरकारी निकाय, सुरक्षाकर्मी, स्वयंसेवक, संघसंस्था तथा व्यक्तिहरूको भूमिकाको समेत प्रशंसा गरेको छ।

एफवानसफ्ट ग्रुपले बाढीबाट प्रभावित परिवार तथा समुदायलाई कठिन परिस्थितिबाट बाहिर निस्कन आवश्यक साहस, धैर्य र हौसला मिलोस् भन्ने कामनासमेत गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.