आईतवार, भाद्र २१,२०८३ 06:46:12
Bizshala
  • आईतवार, भाद्र २१,२०८३ 06:46:12
Bizshala
Global IME Bank Limited

विदेशस्थित नेपाली नियोगलाई राहत सहयोग संकलनका लागि छुट्टै बैंक खाता खोल्न सरकारको निर्देशन

विदेशस्थित नेपाली नियोगलाई राहत सहयोग संकलनका लागि छुट्टै बैंक खाता खोल्न सरकारको निर्देशन
New Office

काठमाण्डौ । सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाबाट रकम संकलन गर्न छुट्टै बैंक खाता सञ्चालन गर्न निर्देशन दिएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार उद्धार कोषमा प्रत्यक्ष रूपमा रकम पठाउन सम्भव नभएको वा तोकिएको कारोबार सीमाभन्दा बढी रकम पठाउँदा झन्झट हुने अवस्था देखिएपछि वैकल्पिक खातामार्फत सहयोग रकम संकलन गर्न निर्देशन दिइएको हो।

मन्त्रालयको दैनिक प्रेस बुलेटिनमा भनिएको छ, “विद्यमान नियमअनुसार आफ्ना विविध खाताहरू प्रयोग गर्न वा नयाँ खाता खोल्न निर्देशन दिइएको छ। यी खातामार्फत नेपाली डायस्पोरा, विदेशी नागरिक, स्थानीय संघसंस्था तथा सामुदायिक समूहहरूबाट राहत सहयोग रकम संकलन गरिनेछ।”

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

नियोगहरूले उक्त खातामा जम्मा भएको रकमको दैनिक अभिलेख तोकिएको ढाँचामा राख्नुपर्नेछ। यसरी संकलित रकम प्रत्येक महिना तोकिएको राहत खातामा स्थानान्तरण गर्नुपर्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

यसअघि सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामै विदेशबाट प्राप्त हुने सहयोग रकम सिधै जम्मा गर्ने व्यवस्था मिलाएको थियो।

यसैबीच, परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नेपाली नियोगहरूले मित्रराष्ट्रहरूसँग समन्वय गरी बाढीबाट प्रभावित विशेष क्षेत्रलाई लक्षित गरेर मात्र यात्रा सम्बन्धी सूचना जारी गर्ने प्रयास गरिरहेको जनाएका छन्।

मन्त्रालयका अनुसार नेपालका अन्य क्षेत्रहरू भने यात्रा तथा पर्यटनका लागि खुला र सुरक्षित रहेको विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा जानकारी गराउने काम भइरहेको छ।

‘देशका अन्य क्षेत्रहरू यात्रा तथा पर्यटनका लागि खुला र सुरक्षित रहेको विषयलाई पनि स्पष्ट रूपमा उजागर गरिँदैछ, मन्त्रालयले जनाएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.