बुधबार, श्रावण २७,२०८३ 09:30:31
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 09:30:31
Bizshala
Global IME Bank Limited

नेप्सेमा सामान्य सुधार, ‘बजेटप्रति लगानीकर्ता आशावादी’

Prabhu Bank Limited
नेप्सेमा सामान्य सुधार, ‘बजेटप्रति लगानीकर्ता आशावादी’
New Office

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.२८ प्रतिशत अर्थात ५.६३ अंकले बढेर १ हजार ९६६.२३ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले बढेर ३५०.६० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१३ वटा कम्पनीको ७० लाख ५८ हजार ३९९ कित्ता सेयर ३ अर्ब १२ करोड १२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको  छ ।

आजको बजारबारे बजार जानकार सरोज भट्टराई भन्छन्, ‘आजको बढाईको लगानीकर्ता केहि आशावादी भएका  छन् । तर अझै पनि ढुक्क हुने अवस्था भने बनिसकेको छैन । लगानीकर्ता बजेटबाट निकै आश गरेका छन् । बजेटमा सेयर बजारको समस्याका बारेमा कस्तो सम्बोधन हुन्छ भनेर लगानीकर्ता व्यग्र प्रतिक्षामा बसेका छन् ।’

लगानीकर्ता र निजी क्षेत्रको दबावमा सरकार रहेको बताउँदे भट्टराईले अर्थ मन्त्रालयको खुकुलो नीतिपछि मौद्रिक नीति पनि सहज हुने र जेठबाट ब्रोकर कमिसन पनि घट्ने उनले बताए ।  

अर्का बजार जानकार तारा फुल्लेलले सरकारको गैर जिम्मेवारी नीतिका कारण बजार खस्किरहेको बताए । त्यसमा राष्ट्र बैंक पनि बाधक बनेको फुल्लेलले बताए । ‘त्यसैले तरलता सहज हुँदा हुँदै पनि लगानीकर्ताको आत्म्बल बढ्न नसक्दा बजार बढ्न सकेन र सरकारको कार्यान्वयन पक्ष पनि कमजोर बन्यो । यद्यपी बजार अब यहाँबाट तल भने जादैँन ।’ उनले भने ।    

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये १० वटा समूहमा हरियाली छायो भने अन्य ३ वटा समूहमा रातो पोतियो ।  

आज होटल समूह सर्वाधिक अर्थात ६.९६ प्रतिशतले बढ्यो । आज बैंकिङ समूह ०.४६ प्रतिशत, विकास बैंक ०.७९,वित्त ०.६६, हाईड्रो ०.२१,लगानी ०.२३,म्युचुअल फण्ड ०.१८,निर्जीवन बीमा ०.१५,अन्य ०.०१ र व्यापार समूह ०.०७ प्रतिशतले बढ्यो ।  

आज जीवन बीमा समूह ०.४४ प्रतिशत,उत्पादन तथा प्रशोधन ०.१२ र लघुवित्त ०.९० प्रतिशतले घट्यो ।  

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेपाल फाइनान्स कम्पनीको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको १६ करोड ९७ लाख बढीको सेयर कारोबार भएको छ ।  

त्यस्तै सोल्टी होटलको १४ करोड ४७ लाख, फर्स्ट माईक्रोफाइनान्सको ९ करोड ६६ लाख र पोखरा फाइनान्सको ९ करोड ५९ लाख बढीको सेयर कारोबार भएको छ ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज ओरियन्टल होटलको सेयरमूल्य सर्वाधिक बढ्यो । यो कम्पनीको सेयरमूल्य ८.४६ प्रतिशतले बढ्यो । यो दिन सिटी होटलको सेयरमूल्य ७.९९ प्रतिशत,सोल्टी होटलको ७.४१ र तारागाँउ रिजेन्सी होटलको सेयरमूल्य ६.५६ प्रतिशतले बढ्यो ।  

आज सबैको लघुवित्तको सेयरमूल्य सर्वाधिक अर्थात ८.४८ प्रतिशतले घट्यो ।  

यस्तै आज विन नेपाल लघुवित्तको सेयरमूल्य ४.२५ प्रतिशत र साधना लघुवित्तको सेयरमूल्य ४.२१ प्रतिशतले घट्यो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.