काठमाण्डौ । अगामी ६ महिना भित्रमा ८ वटा जलििवद्युत कम्पनीको लक इन खुल्ने भएको छ । जसअन्तगर्त मध्य भोटेकोशी जलविद्युत कम्पनीको सबैभन्दा बढी आथर्त ३ करोड ६ लाख कित्ताको लक इन अवधि कात्तिक महिनमा खुल्न लागेको छ । यो कम्पनीको लक इन अवधि आगामी कात्तिक ११ गते खुल्ने छ ।
त्यसैगरि, साहस उर्जाको २ करोड ९५ लाख कित्ता, न्यादी हाईड्रोपावरको १ करोड ९ लाख कित्ता,सिईडिबि हाईड्रोको ५९ लाख २६ हजार २३५ कित्ता,सामलिङ्ग पावरको ३७ लाख ७० हजार कित्ता,तेह्रथुम पावर कम्पनीको २८ लाख कित्ता, बुद्धभुमी नेपाल हाईड्रोको २८ लाख कित्ता र मैलुङ खोला जलविद्युत कम्पनीको ३६ लाख ३४ हजार कित्ताको लक इन अवधि सकिन लागेको हो ।
यस्तो छ आगामी ६ महिनाभित्र लकइन अवधि समाप्त हुने मिति र कित्ताका जानकारीः