काठमाण्डौ । भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोकमा ईभी कारमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार बिहान करिब ६ बजे बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बाप्र ०१–०३० च ५५७९ नम्बरको ईभी कारमा अचानक आगलागी भएको हो।
दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एक जना पुरुषजस्तो देखिने व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
आगलागीबाट कार पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान भने खुल्न सकेको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।