Bizshala
  • शुक्रबार, भाद्र २६,२०८३ 09:09:36
Bizshala
Global IME Bank Limited

बाढीपहिरोमा परेकाको उद्धार तथा पुनःस्थापनाका लागि दक्षिण कोरियाले नेपालमा दोस्रो टोली पठायो

बाढीपहिरोमा परेकाको उद्धार तथा पुनःस्थापनाका लागि दक्षिण कोरियाले नेपालमा दोस्रो टोली पठायो
New Office

काठमाण्डौ । दक्षिण कोरियाले गत अगस्टमा नेपालमा आएको ठूलो बाढी तथा पहिरोपछि उद्धार, पुनःस्थापना र विपद् व्यवस्थापनमा सहयोग गर्न दोस्रो आपत्कालीन सहायता टोली नेपाल पठाएको छ।

दक्षिण कोरियाली सञ्चारमाध्यमका अनुसार आठ सदस्यीय कोरियन डिजास्टर रिलिफ टिम केसी–३३० सैन्य परिवहन विमानमार्फत काठमाण्डौ आएको हो। टोलीसँग करिब चार टन मानवीय सहायता सामग्रीसमेत ल्याइएको छ।

करिब १८ करोड कोरियन वनबराबरका सहायता सामग्रीमा पाल, कम्बल, कपडालगायत आवश्यक सामग्री रहेका छन्। ती सामग्री दक्षिण कोरियाली कम्पनी तथा विभिन्न संघसंस्थाले उपलब्ध गराएका हुन्।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

दोस्रो टोलीले नेपालमा सात दिन काम गर्नेछ। टोलीले बाढीपहिरो प्रभावित क्षेत्रमा पुनःस्थापना, विपद् प्रतिकार्य तथा आवश्यक सहयोगमा केन्द्रित भएर काम गर्ने बताइएको छ। टोलीमा दक्षिण कोरियाको परराष्ट्र मन्त्रालय, राष्ट्रिय अग्नि तथा विपद् व्यवस्थापन निकाय, कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी र राष्ट्रिय चिकित्सा केन्द्रका प्रतिनिधि सहभागी छन्।

यसअघि ४४ सदस्यीय पहिलो कोरियन डिजास्टर रिलिफ टिम सेप्टेम्बर २ मा नेपाल आएको थियो। उक्त टोलीले १० दिनसम्म खोज तथा उद्धार अभियानमा काम गरेको थियो।

नेपालमा खोज तथा उद्धारको प्राथमिकता घटाएर पुनःस्थापना तथा पुनर्निर्माणतर्फ ध्यान केन्द्रित गर्न थालिए पनि दक्षिण कोरियाले नेपाल सरकारसँगको समन्वयमा आफ्ना नौ जना नागरिकको खोजीलाई निरन्तरता दिने जनाएको छ।

गत अगस्ट २६ मा रसुवा जिल्लामा जलविद्युत् आयोजना निर्माणका क्रममा कार्यरत दोसान इनर्जीका छ जना र कोरिया साउथ–इस्ट पावर कम्पनीका तीन जना कर्मचारी बेपत्ता भएका थिए। उनीहरू नेपाल–चीन सीमावर्ती क्षेत्रमा कार्यरत थिए।

दक्षिण कोरियाली सरकारले बाढीपहिरोपछि नेपाल पठाएको विशेष कार्यदललाई समेत पुनर्गठन गरी सात सदस्यीय टोली बनाउने तयारी गरेको छ। उक्त टोलीमा प्रहरी अधिकारी तथा फरेन्सिक विशेषज्ञसमेत रहनेछन्। उनीहरूले नेपाली फरेन्सिक प्रयोगशालासँग समन्वय गरी मृतकको पहिचानमा सहयोग गर्नेछन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.