Bizshala
  • शुक्रबार, भाद्र २६,२०८३ 03:24:48
Bizshala
Global IME Bank Limited

भोटेकोशी बाढीपछिको सहयोग उपलब्धता अपडेट पोर्टल सार्वजनिक

भोटेकोशी बाढीपछिको सहयोग उपलब्धता अपडेट पोर्टल सार्वजनिक
New Office

काठमाण्डौ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपश्चात् प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त सहयोग, वैदेशिक सहयोग, उद्धार तथा राहतसम्बन्धी आधिकारिक विवरण र नेपाल सरकारबाट भएका निर्णयहरू एकै ठाउँबाट पारदर्शी रूपमा सार्वजनिक गर्ने उद्देश्यले अर्थ मन्त्रालयले "रसुवा–भोटेकोशी बाढी अपडेट" पोर्टल सञ्चालनमा ल्याएको छ। 

नेपाली र अङ्ग्रेजी दुवै भाषामा उपलब्ध यो पोर्टल https://mofnepal.github.io/rasuwa-flood-update/ मा हेर्न सकिन्छ। अर्थमन्त्रीज्यूलाई चेक तथा बैंक ट्रान्सफरमार्फत हस्तान्तरण गरिएको सहयोगको नामसहितको विवरण पोर्टलमा सार्वजनिक गरिएको छ। २०८३ भदौ २४ गतेसम्म यसरी ३८९ वटा सहयोगबाट रु. २,१५,२५,४२,३०९ प्राप्त भएको छ। 

यससहित NCHL र Fonepay मार्फत अनलाइन प्राप्त रकम र कोषको अमेरिकी डलर खातामा प्राप्त वैदेशिक सहयोग समेत गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म कुल रु. १२,३१,५९,४२,०३५ (करिब रु. १२ अर्ब ३२ करोड) सहयोग प्राप्त भएको छ, जसको स्रोतगत विस्तृत विवरण पोर्टलमा उपलब्ध छ। २०८३ भदौ २४ गते बिहान ९:०० बजेको कोष स्थितिअनुसार कोषमा कुल रु. ११,९८,९७,९६,०८४ मौज्दात रहेको छ। विभिन्न स्रोतका अङ्क फरक-फरक मिति/समयसम्मका भएकाले एकीकृत अङ्कको हिसाब मिलान अर्थ मन्त्रालयको कोष शाखाबाट हुन बाँकी छ। 

पोर्टलमा NCHL र Fonepay मार्फत अनलाइन प्राप्त सहयोग रकम, माननीय अर्थमन्त्रीलाई चेक तथा बैंक ट्रान्सफरमार्फत हस्तान्तरण गरिएको सहयोगको नामसहितको विवरण, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको बैंकगत खाता स्थिति र कोषको अमेरिकी डलर खातामा प्राप्त वैदेशिक सहयोग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल प्रहरीबाट प्रकाशित उद्धार तथा राहत विवरण, मन्त्रिपरिषद्का निर्णय, राहत व्यवस्था तथा राहत संकलन एकद्वार प्रणालीका सम्पर्क व्यक्तिहरूको विवरण सम्बन्धित स्रोत र अद्यावधिक मिति/समयसहित प्रकाशित गरिएका छन्। 

पोर्टलमा प्रकाशित प्रत्येक अङ्क सम्बन्धित निकायको आधिकारिक कागजातसँग भिडाएपछि मात्र सार्वजनिक गरिन्छ र नयाँ आधिकारिक विवरण प्राप्त हुनासाथ पोर्टल अद्यावधिक गरिनेछ। 

सहयोग गर्न चाहने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूलाई सहयोग रकम आधिकारिक भुक्तानी पोर्टल https://donate.gov.np मार्फत मात्र पठाउन र नगद वा जिन्सी सहयोगका लागि अर्थ मन्त्रालयको राहत संकलन एकद्वार प्रणालीका सम्पर्क व्यक्तिहरूसँग समन्वय गर्न हार्दिक अनुरोध गरिन्छ। सम्पर्क व्यक्तिहरूको विवरण पोर्टलको "सम्पर्क" खण्डमा उपलब्ध छ। उद्धारसम्बन्धी अनुरोध https://rescue.opmcm.gov.np मार्फत गर्न सकिन्छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.