काठमाण्डौ । बेनी हाइड्रोपावरको आईपीओमा अन्तिम दिनसम्म ३०.५५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आईपीओमा २३ लाख ६१ हजार १२४ जनाले आवेदन दिएका छन् ।
कम्पनीको आईपीओमा २ अर्ब ६३ करोड ७१ लाख ७४ हजार रुपैयाँ बराबरको २ करोड ६३ लाख ७१ हजार ७४० कित्ताका लागि आवेदन परेको छ, जुन यो माग भन्दा ३० गुणा बढी आवेदन हो ।
कम्पनीले गत भदौ २२ गतेदेखि सर्वसाधारणहरुका लागि अंकित मूल्य १०० रुपैयाँ दरमा ८ लाख ६३ हजार २०० कित्ता सेयर निष्कासन गरेको हो । मागभन्दा बढी आवेदन परेकाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।