शनिबार, आश्विन १७,२०८३ 08:52:47
Bizshala
  • शनिबार, आश्विन १७,२०८३ 08:52:47
Bizshala
Global IME Bank Limited

भदौको करदाता प्रोत्साहन उपहार असोज १ मा, ३३ जनाले जित्ने

Bizshala
भदौको करदाता प्रोत्साहन उपहार असोज १ मा, ३३ जनाले जित्ने
New Office

काठमाण्डौ। रसुवाको भोटेकोशीमा आएको हिमबाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार कार्यक्रमको विजेता घोषणा असोज १ गते हुने भएको छ। आन्तरिक राजस्व विभागले भदौ महिनाभर कर प्रणालीमा सहभागी भएका उपभोक्तामध्येबाट ३३ जनालाई नगद पुरस्कार प्रदान गर्ने तयारी गरेको हो।

विभागका अनुसार पुरस्कारमा दुई जनाले जनही १० लाख रुपैयाँ र अन्य ३१ जनाले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गर्नेछन्।

करदातालाई बिल लिन प्रोत्साहित गर्ने तथा कर तिर्ने संस्कृतिको विकास गर्ने उद्देश्यले सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम ल्याएको हो। साउन १ गतेदेखि सुरु भएको कार्यक्रमअन्तर्गत भदौ १६ गते पुरस्कार घोषणा गर्ने कार्यतालिका रहे पनि भोटेकोशी बाढीपछि उत्पन्न विपद्का कारण कार्यक्रम स्थगित गरिएको थियो।

आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालका अनुसार असोज १ गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयारी भइरहेको छ।

भदौ महिनाको पुरस्कार दुई चरणमा विभाजन गरेर विजेता छनोट गरिनेछ।

पहिलो चरणमा भदौ १ देखि १५ गतेसम्म बिल–बिजक लिएर विभागको प्रणालीमा दर्ता गराएका तथा अनलाइनमार्फत वस्तु तथा सेवा खरिद गरेका उपभोक्तामध्येबाट १५ जना दैनिक विजेता छनोट हुनेछन्। उनीहरूले जनही एक लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार पाउनेछन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सोही अवधिका सहभागीमध्येबाट एक जनालाई १० लाख रुपैयाँको बम्पर पुरस्कार प्रदान गरिनेछ। त्यसपछि भदौ १६ देखि ३१ गतेसम्मको कारोबारबाट थप १६ जना दैनिक विजेता छनोट हुनेछन्। उनीहरूले पनि जनही एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउनेछन्। सो अवधिका सहभागीमध्येबाट थप एक जनाले १० लाख रुपैयाँको बम्पर पुरस्कार जित्नेछन्।

यसरी भदौ महिनाको पुरस्कारमा ३१ जना दैनिक विजेता र दुई जना बम्पर विजेता गरी कुल ३३ जना छनोट हुनेछन्।

पुरस्कारमा सहभागी हुन उपभोक्ताले एक सय रुपैयाँभन्दा बढी मूल्यको वस्तु वा सेवा खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ। विभागले कारोबार गर्दा सकेसम्म विद्युतीय माध्यमबाट भुक्तानी गर्न आग्रह गरेको छ।

अनलाइनमार्फत गरिएको कारोबार स्वतः करदाता प्रोत्साहन प्रणालीमा समावेश हुने विभागले जनाएको छ। नगदमा कारोबार गरी सक्कली बिल लिएका उपभोक्ताले भने विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा गएर बिल अपलोड गरी उपहार कुपन लिनुपर्नेछ।

भदौ १ देखि १५ गतेसम्म बिल लिएका उपभोक्ताले १५ गतेभित्रै बिल प्रणालीमा दर्ता गरी कुपन लिनुपर्ने व्यवस्था थियो। त्यस्तै, भदौ १६ देखि ३१ गतेसम्मको कारोबारका लागि भदौ मसान्तको राति १२ बजेसम्म बिल दर्ता गरी कुपन लिनुपर्नेछ।

उपहारबापत प्राप्त हुने रकममा २५ प्रतिशत कर लाग्ने व्यवस्था छ। त्यसअनुसार एक लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार घोषणा भए पनि कर कटौतीपछि विजेताले करिब १ लाख रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै, १० लाख रुपियाँको बम्पर पुरस्कारमा २५ प्रतिशत कर कटौती भएपछि विजेताको हातमा ७ लाख ५० हजार रुपैयाँ पर्नेछ। साउन महिनामा सञ्चालन गरिएको पहिलो चरणको कार्यक्रममा ३३ जना विजेता छनोट भएका थिए। 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.